Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खाद्य कम्पनीको चामल खरिदमा चलखेल, भण्डारण गरिएको चामल गुणस्तरहीन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ ।

वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको छ ।

खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन ।

स्रोतका अनुसार खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयको गोदाममा कलैया बाराको लक्की राइस मिलबाट खरिद गरिएको सोना मन्सुली चामल नै गुणस्तरहीन भेटिएको छ । प्राविधिकका अनुसार गुणस्तर मापदण्डअनुसार नभएको चामल गोदाममा भण्डारण गर्दा छिटै कुहिने सम्भावना रहन्छ । खाद्य प्राविधिकले चामलको गुणस्तर मापदण्ड नमिलेको भनेर फिर्ता गर्न पत्र पठाउँदा पनि प्राविधिकको पत्रलाई अटेर गर्दै चामललाई गोदाममै राखिएको कम्पनीकै एक प्राविधिकले बताए ।

प्राविधिकले गुणस्तर मापदण्ड नमिलेकाले कमसल चामल फिर्ता गर्न दुई साताअघि नै सुझाव दिएका थिए । तर, प्राविधिकको सुझावलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । चामल खरिदसँगै बोरामा गरिने प्याकेजिङमा समेत चलखेल भएको आशंका गरिएको छ ।

खाद्य कम्पनीमा दाल, चामल, धानलगायतका खाद्य वस्तु खरिद गर्दा स्टोर किपरदेखि कार्यालय सहयोगी हुँदै माथिल्लो तहमा रहेका कर्मचारीसम्ममा नै चलखेल हुने गरेको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीको वार्षिक कार्यक्रमअनुसार कम्पनीले विभिन्न ठाउँको खाद्य गोदाममा चामल खरिद गरेर भण्डारण गर्न थालेको बताए ।

उनले खरिद गर्नुपर्ने १ लाख क्विन्टलमध्ये ४० हजार क्विन्टल खरिद गरी भण्डारण कार्य थालिएको जानकारी दिए । खनालका अनुसार कम्पनीले लहानको गोदाममा सोना मन्सुली ९ हजार ५ सय क्विन्टल र स्टिम जिरा ५ हजार क्विन्टल खरिद गरी भण्डारण गरेको छ ।

यसैगरी, वीरगन्जमा सोना मन्सुली ५ सय क्विन्टल र स्टिम ५ हजार क्विन्टल, काठमाडौंमा १० हजार सोना मन्सुली, स्टिम ५ हजार क्विन्टल, नेपालगन्जमा अरुवा मोटा १८ हजार, स्टिम १० हजार क्विन्टल, सुर्खेतमा अरुवा मोटा १७ हजार, स्टिम जिरा ३ हजार क्विन्टल, धनगढीमा मोटा १९ हजार र स्टिम जिरा १ हजार क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गरिएको छ ।

कम्पनीको थापाथलीस्थित कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले कलैया बाराको लक्कि राईस मिलबाट ४ सय क्विन्टल सोना मन्सुली चामल ल्याएर गोदाममा भण्डारण गरिएको बताए ।

उनले लक्की राइस मिलबाट खरिद गरेर थापाथलीस्थित गोदाममा १० हजार क्विन्टल सोना मन्सुली भण्डारण गर्न थालिएको बताए । प्रबन्धक बुढाथोकीले थापाथलीस्थित गोदाममा आएको चामल खाद्य व्यापार कम्पनीकै गुणस्तर मापदण्डअनुसार भएको दाबी गरे ।

व्यापार कम्पनीका खाद्य प्राविधिक विशेष कट्टेलले चामल खरिद गर्दा चामलको गुणस्तर चेक जाँच गरेर मात्र भण्डारण गर्न दिइने बताए । चामलको मोइस्चर १२ प्रतिशतभन्दा माथि हुन नहुने उनले बताए । उनले भने, ‘चामलमा मोइस्चर १२ प्रतिशतभन्दा माथि छ भने त्यो चामल गुणस्तर मानिँदैन । त्यस्तो चामल भण्डारण गर्दा छिटै कुहिन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies