Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरुवाले सर्दैछ कोरोना

काठमाडौं। कोरोना महामारीका बेला सरकारले आलोपालो प्रणाली लागू गरी कर्मचारी खटाइरहेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - तालुकदार मन्त्रालयरकार्यालय भने धमाधम कर्मचारी सरुवा गरिरहेका छन् । यसले कोरोना भाइरस ओसारपसार हुने जोखिम देखिएको छ । कतिपय स्थानमा सरुवा भएर गएका कर्मचारीमार्फत कोरोना संक्रमण देखिएको छ ।

आपत्कालमा कर्मचारी मात्र होइन, पूर्वकर्मचारीसमेत खटाउन पाउने सरकारको अधिकार भए पनि कस्तो प्रकृतिको विपद् हो भनेर ध्यान दिनुपर्ने त्रिविका सहप्राध्यापक डा. नरेन्द्र पौडेल बताउँछन् ।

‘सरकारले कठिन परिस्थितिमा कर्मचारी चलाउन पाउँदैन भन्दिनँ । कर्मचारी मात्र होइन, पूर्वकर्मचारीलाई खटाउन सक्छ’, डा. पौडेल भन्छन्, ‘तर कस्तो किसिमको विपद् हो ? कुन औचित्यले सरुवा भएको हो ? त्यो कुरा महत्वपूर्ण हो ।’ यो महामारीको प्रकृतिअनुसार कर्मचारी सरुवा गर्नु न्यायसंगत नभएको उनको तर्क छ ।

‘यो भाइरस मानिसको ओहोरदोहोरले ओसारपसार हुन्छ । त्यस्तो संवेदनशील घडीमा कर्मचारीको सरुवा गर्दा ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

विधिविधानअनुसार कर्मचारी चलाए मात्रै सुशासन आउने उनको तर्क छ । ‘जनताको फाइदाका लागि कर्मचारी सरुवा हुनुपर्ने हो तर कर्मचारीको फाइदामा सरुवा हुन्छ’, उनी भन्छन्, ‘जनता भने सधैं मर्कामा परिरहेका हुन्छन् ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ६० सहसचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रकको कार्यालयले ५३ लेखा अधिकृत र ७३ जना लेखापाल गरी १ सय २६ जनाको सरुवा गरेको छ । लेखा समूहका २८ उपसचिव पनि सरुवामा परेका छन् । महालेखा नियन्त्रकको कार्यालयले २८ उपसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासनले नै १ सय ६२ जना अधिकृतको सरुवा गरेको छ । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएको छ । स्थानीय तहका कर्मचारी पनि सरुवामा परेका छन् । प्रहरीमा अझ धेरै सरुवा गरेको देखिएको छ । कतिपय प्रहरी एक महिना नपुग्दै सरुवामा परेका छन् । भदौ १५ मा ७२ डीएसपीको सरुवा गरिएको छ ।

यस्तो बेला डेरा नपाउने समस्या त्यस्तै छ । सामान लैजान ल्याउन, खानाको बन्दोबस्त गर्न उत्तिकै समस्या हुने गरेको छ । आमाबुवा, छोराछोरी घरपरिवारलाई तनाव हुन्छ ।

पूर्व सचिव कृष्णहरि बाँस्कोटा यो महामारीमा मन्त्री र कर्मचारीको स्वार्थमा सरुवा गर्नुको औचित्य नरहेको बताउँछन् । ‘मन्त्रीको सन्तुष्टि र कर्मचारीको फाइदाका लागि सरुवा भएका छन्’, पूर्वसचिव बाँस्कोटा भन्छन्, ‘जनता र सेवाप्रवाहलाई केन्द्रबिन्दुमा राखेर मात्रै सरुवा हुनुपर्ने हो ।’

केही कर्मचारीलाई सरुवाको कारण मर्का पर्ने भए पनि अधिकांशको सरुवा स्वार्थकै कारण हुने गरेको उनको ठहर छ । यो अवस्थामा सरुवा गर्नाले देशलाई आर्थिक नोक्सानी हुने मात्रै होइन तनाव समेत बढ्ने उनी बताउँछन् । ‘राज्यको नोक्सानी, कार्यदिनको धेरै नोक्सानी, सेवा प्रवाह प्रभावित हुन्छ नै’, उनी भन्छन्, ‘यो बेला त कर्मचारीलाई होइन, सरुवा भएर गएको ठाउँका जनतामा तनाव हुन्छ ।’

निजामती कर्मचारी ऐनले व्यवस्था गरेअनुसार दुई–दुई वर्षमा मात्रै कर्मचारी सरुवा गर्नुपर्ने उनको भनाइ छ । कर्मचारी र नेताको स्वार्थमा सरुवा गर्ने परिपाटी बन्द गर्नुपर्ने उनको भनाइ छ ।

लोकसेवाले वरिष्ठ सहसचिवलाई प्रदेशमा खटिएपछि मात्रै सचिवमा बढुवा गर्ने गरेपछि सरुवा भएर प्रदेश जानेको मोह देखिएको छ । लोकसेवा आयोगका मुख्य मनोविज्ञानवेत्ता डा. खगेन्द्रप्रसाद सुवेदी प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

मुख्य मनोविज्ञानवेत्ता नेपालको एक मात्र पद हो । लोकसेवाको नीति निर्माण तथा पाठ्यक्रम बनाउने मुख्य जिम्मेवारी उनले नै गर्दै आएका थिए । बढुवा प्रयोजनका लागि उनी सरुवामा राजी भएका हुन् ।

साउन २४ गते १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सरुवा भएर पाँचथर पुगेका एक प्रहरीको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसपछि ती प्रहरीको सम्पर्कमा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका ४६ जना प्रहरीको परीक्षण गर्दा थप तीन जनामा संक्रमण देखियो ।

विराटनगरबाटै भदौ ३ गते सरुवा भएर भोजपुर पुगेका तीन जना प्रहरीमा पनि कोरोना पोजेटिभ देखियो । जिल्ला प्रवेश गर्नुअघि ‘होल्डिङ सेन्टर’मा बस्नुपर्ने भएकाले उनीहरूबाट अन्य संक्रमण हुन पाएन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies