Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जलविद्युतबाट घाटा खाइरहेका लगानीकर्ता उकासिँदै

काठमाडौं । लामो समयदेखि अंकित मूल्य (एक सय रुपैयाँ) भन्दा पनि तल रहेर कारोबार भइरहेका जलविद्युत् कम्पनीका लगानीकर्तालाई बजारको वृद्धि फाप्न थालेको छ । बुधबार मात्रै ९ वटा जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक नै लागेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कम्पनीहरू मात्र होइन, यस समूहगत परिसूचकसमेत १० प्रतिशतसम्म वृद्धि भयो । अपी, रिडी, जोशी, पाँचथर पावर, न्यादी ग्रुप पावर, युनियन हाइड्रोपावर, राधी, अरुणभ्याली र चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्यमा यो दरमा वृद्धि भएको हो ।

रिडी, जोशी र युनियन हाइड्रोपावर कम्पनीका सेयर मूल्य भने अंकित मूल्यमुनि नै छन् । लाभांश दिन समस्या परेको वा कम लाभांशका कारण यी समूहका सेयरमा लगानीकर्ता आकर्षित हुन सकिरहेका थिएनन् ।

हाल बजारमा मनग्य लगानीयोग्य पुँजी भएपछि लगानीकर्ता यी कम्पनीतर्फ पनि आकर्षित भएका हुन् । लगानी क्षेत्र अभावले खुला रहेको एक मात्र सेयर बजारमा मानिसहरू आकर्षित भएका छन् । अन्य कम्पनीहरूको मूल्य उच्च दरमा वृद्धि भइरहेकाले ती सेयर अधिमूल्य (ओभर भ्यालुड) हुन सक्ने भएपछि अंकित मूल्यभन्दा पनि कम रहेका जलविद्युत् विकल्पका रूपमा देखिएको हो ।

\"\"

सेयर बजारमा रहेको लगानी विविधीकरण अभावले समेत कुनै समय एउटा समूहमा र अर्को समय अरू समूहमा लगानी गरिरहेका देखिन्छन् । केही दिनसम्म वृद्धि भइरहेको निर्जीवन बिमा कम्पनीहरूको समूहगत परिसूचक घटेको छ । वर्षकै उच्च मूल्यनजिक आइरहेका यी सेयरबाट लगानीकर्ताले प्रतिफल सुनिश्चित गर्न थालेको देखिन्छ ।

मुलुकमा लगानी क्षेत्र अभावको विकल्प बनेको सेयर बजारमा धेरैको सहभागिता बढ्दा कारोबार रकममा रेकर्ड कायम हुन थालेको छ । बुधबार फागुनयताकै उच्च कारोबार भएको हो । यस दिन ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । १८ फागुनमा एकै दिन हालसम्मकै उच्च ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएको निर्जीवन र जीवन बिमा कम्पनीहरूको समूहगत परिसूचकबाहेक सबै समूहमा यस दिन सुधार देखिएको छ । यस दिन नेप्से परिसूचकले १ हजार ५ सय अंक पार गरेकोे छ । परिसूचक ५ महिना १० दिनयता यो तहमा आइपुगेको हो ।

तरलतामा आधार भएर बजार बढिरहेकाले यो समय गरिएका प्राविधिक विश्लेषणले भने सही जानकारी दिने सम्भावना कम छ । यसमै मात्र भर पर्नु जोखिमयुक्त भने हुन सक्छ । यद्यपि, नेप्सेले हाललाई १ हजार ६ सय तहको लक्ष्य लिएर अगाडि बढेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies