Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राज्यले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्न प्रहरी अधिकृतलाई निर्देशन

काठमाडाै‌ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षकलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक क्षेत्रीले कार्य क्षेत्रमा उच्च मनोबलका साथ उत्ृकष्ट सेवा प्रदान गर्न आग्रह गरे ।

अपराध अनुसन्धान तथा नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राज्यले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले मुलुकमा शान्तिसुरक्षा कायम गर्न अपराधजन्य गतिविधिको नियन्त्रण गर्दै कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापन, फरार अपराधीको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनीकरणलगायत गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

“सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ”, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “हिरासतमा भएका व्यक्तिमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल राख्नु जरुरी छ ।”

अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने बताए । अन्य सुरक्षा निकाय, स्थानीय तह र कानून कार्यान्वयन गर्ने अन्य निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उनले प्रहरी अधिकृतलाई निर्देशन दिए । कानूनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्नसमेत उनले सुझाव दिए । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले धेरै प्रहरी कर्मचारी प्रभावित भएको अवस्थामा सीमित जनशक्ति र साधन स्रोतको उचित परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies