Khabar Dabali Logo
  September 23, Wed

भारतीय काँग्रेसका नेताहरुलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाव

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् ।

काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिएको हो । काँग्रेसका बरिष्ठ नेताहरु गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाई छ ।

सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका बरिष्ठ नेताहरु काँग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने उहाँले तर्क गरे ।

यसअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेसमा विवाद बढेको छ ।

विशेष गरेर कतिपय नेताहरुले राहुललाई नै अध्यक्ष बनाउनु पर्ने अडान र कतिपय नेताहरुले गान्धीको विकल्प खोज्नु पर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।
नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर केही समयका लागि त्यो जिम्मेवारी दिएपनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो ।

पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजाद सहितका २० जना नेताले केही हप्ता अगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णय विना बैठक अन्त्य भएको थियो ।

भदौ १७ गते, २०७७ - १३:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करेन्ट लागेर मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजरको मृत्यु

ओखलढुङ्गा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका...   

कोरोना सङ्क्रमणबाट वडाध्यक्ष थारुको मृत्यु

बर्दिया । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष...   

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि

लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक...   

अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज...   

नागरिकले अब निराश हुनु पर्दैन, कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि...   

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा । जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण...   

बर्दियामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दिया । बर्दियामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया जिल्लाको...   

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण, १४ सय ९ जनाको रिर्पोट आउन बाँकी

धनगडि । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन...   
घुन्सा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा

घुन्सा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष...   

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top