Khabar Dabali Logo
  January 27, Wed

अनैतिक क्रियाकलाप गर्ने ६८ फर्मलाई जरिवाना, ४० लाख राजश्व सङ्कलन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा रु ४० लाख ३५ हजार राजश्व सङ्कलन गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उनका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोवार रोक्का तथा सिलबन्दी गरिएको थियो भने रु १५ हजार ३५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उनका जानकारी दिए ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट रु तीन लाख, औषधि पसलबाट रु तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट रु पाँच लाख ८० हजार, गार्मेन्टबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ । यसैगरी डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख ६० हजार, तरकारी पसलबाट रु १० हजार, निर्माण सामग्रीबाट रु ५० हजार र पानी उद्योगबाट रु नौ लाख राजश्व संकलन भएको छ ।

पार्टी प्यालेसबाट रु तीन लाख, फलफूल पसलबाट रु ५५ हजार, मार्टबाट रु ७० हजार, मासु पसलबाट रु तीन लाख, मास्क उत्पादनबाट रु एक लाख ५० हजार, औषधि पसलबाट रु ५५ हजार र सर्जिकलबाट रु ५० हजार जरिवाना उठाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् ।

भदौ १७ गते, २०७७ - १२:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने प्रतिबद्धता: अर्थमन्त्री पौडेल

विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने प्रतिबद्धता: अर्थमन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी...   

कृषकका खेतमै धारा जडान कार्यक्रम

झापा । झापाको कूल खेतीयोग्य जमीनमध्ये ५३ प्रतिशत भू–भागमा सिँचाइ सुविधा छ । बाँकी भू–भागमा सिँचाइ...   

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित...   

१४७ थान अवैध सालको काठसहित १२ जना पक्राउ

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट...   

लमानमा आँखा र कानको निःशुल्क शिविर

लहान । स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच...   

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर...   

कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका...   

कोटेश्वर–जडीबुटी सवारी चाप कम गर्न विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण...   

बाढी पहिरोमा क्षति पुगेको बागलुङका ५९० घर पुनःनिर्माण गरिने

गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने...   

प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top