Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

\"\"

भरतपुर । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् ।

खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका भरतपुरवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।

भरतपुरको शहरी क्षेत्रमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा नागरिकको आकर्षण बढेको हो ।

भरतपुर–१२ की अनिता आचार्य आफ्नो अफिस नियमित नभएपछि तरकारी लगाउन व्यस्त हुनुहुन्छ । आफ्नो जग्गा नभए पनि घर छेउको खाली जमिनमा तरकारी लगाएको उनले बताए ।

यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताए । आफ्नो जग्गा नहुनेले पनि खाली र बाँझो जमिनमा खेती गरिरहेका छन् । भरतपुर–११ की चन्द्रमाया पाण्डेले घरको उत्पादनले आफूलाई खुशी मिलेको बताए । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताए । “घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । बारीमा काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ”, उनले बताए, “चार जनाको परिवारले तरकारीमा दिनको १०० मात्र खर्चिंदा पनि वर्षमा हजारौँ रुपैयाँ खर्च भइरहेको हुन्छ ।” निषेधाज्ञाले बजार बन्द छ ।

आफ्नै बारीमा उत्पादन भएको ताजा र हरियो तरकारी खान पाइएको भरतपुर–२ का यमकली क्षेत्रीले बताए । “यसअघि दैनिक तरकारी किन्नुपर्ने अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । कहिलेकाहीँ मात्र किन्ने गरेको छु”, उनले बताए, “पहिले किनेर खाने गरेका थियौँ, अहिले आफैँ घरमा गर्नुपर्छ भन्ने लाग्यो ।” केही वर्षअघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएको उनले बताए । आफ्नो टोलका सबैले घरमै तरकारी लगाइरहेको उनले बताए ।

भरतपुरमा करेसाबारी र कौसीखेतीको अभियान शुरु गरेको प्रदेशसभा सांसद विजय सुवेदीले अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाएको बताए । उनले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाव दिए । “जग्गा नभएका स्थानीयले पनि कौसीमा तरकारी फलाउन सक्छन् । घर अगाडिको खुला भागमा पनि तरकारीखेती गर्न सकिन्छ”, उनले भने, “आफ्नो निर्वाचन क्षेत्रका नागरिक सबैको घरघरमा तरकारी फलेको देख्ने आफ्नो इच्छा रहेको छ ।”

उनले आफ्ै पनि घरमा कौसी र करसाबारी खेती गर्दै आएका छन् । “भारतबाट आयातित तरकारीले नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । परनिर्भरता बढाएको छ”, उनले बताए, “त्यसको अन्त्य गर्न करेसाबारी र कौसीखेती प्रभावकारी बन्दै गएको छ ।” यो अभियानलाई निरन्तरता दिनसके एक/दुई वर्षमा भरतपुरवासीले बाहिरको तरकारी किन्नु नपर्ने उनको भनाइ छ ।

अहिले भरतपुरका जग्गा खाली देखिँदैन । आफ्ैँ तरकारी फलाउने बानीको समेत विकास भइरहेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले करेसाबारी र कौसीखेतीका लागि कार्यालयले प्रोत्साहन गरिरहेको बताए । उनले भने, “हामीले जैविक मलमा प्रोत्साहन गरिरहेका छौँ, यसरी तयार गरिएको मलले तरकारीमा किरा लाग्दैन । जैविक मल आफैँ बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ”, उनले भने, “यसरी उत्पादन गरेको तरकारी पूर्ण स्वास्थ्यकर हुन्छ ।”

करेसाबारी र कौसीखेतीका कारण ताजा र स्वास्थ्यकर तरकारी घरमै उपभोग गर्न पाउने उनले बताए । “कोभिडको महामारीको समयमा यो खेती झन आवश्यक छ”, उनले भने, “घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।” भरतपुरवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा अधिकतम तरकारीको माग पूूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पुर्याउँछ ।

कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies