


पहिरो पीडितलाई राहत वितरण


-
-
भदौ १७ गते, २०७७ - ११:०१

तनहुँ । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो ।
गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु छ लाख ६५ हजार राहत रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “वर्षापछि आएको पहिरोले क्षति भएका घर, टहरा, गोठ, खेतको वडागतरूपमा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा घर क्षति भएकालाई राहत रकम वितरण गरेका छौँ”, थापाले भने, “बाढीले बगर भएका खेतका धनीलाई पनि क्षतिपूर्तिस्वरूप राहत दिन्छौँ ।”
पहिरोले बन्दीपुर–१ मा ३४ घर पूर्ण जोखिममा र १९ घर आंशिक जोखिममा छन् । उक्त वडाका ९१ कृषकले बाढीले खेत बगर भएको भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै उक्त वडाका खानेपानीको मूल, मोटरमार्ग, चक्रपथलगायतमा पनि क्षति पुगेको छ । वडा नं २ मा ३७, ३ मा ३९, ४ मा ३५, ५ मा ३७ र ६ मा १९ जनाले घर, गोठ र खेत क्षति भएको भन्दै निवेदन दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...रेलमार्ग विस्तारमा अवरोध
विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए
बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा