Khabar Dabali Logo
  September 29, Tue

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु, पाँच घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएकाे छ भने पाँच जना घाइते भएका छन् ।

मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो । त्यसै दिन अपराह्नमा परेको चट्याङ लागेपछि नगरपालिका–१० फुरुम्बूकी घाइते भएकी दुर्गा भट्टराई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ  ।

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित वडा नं ४ तेल्लोकका दुई र वडा नं ५ पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् ।तेल्लोकका ३५ वर्षीय कुमार थेबे र सोही ठाउँका १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी श्रीमती ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो घाइते छन् । सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

भदौ १७ गते, २०७७ - ०८:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घाटीबगर-छाङरु बाटो खुल्यो

घाटीबगर-छाङरु बाटो खुल्यो

छाङरू र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो दार्चुला।...   

५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ । सर्वोच्चले...   

महानगरीय प्रहरी अब संघीय राजधानी प्रहरी

संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरी (केन्द्र) को जिम्मा बागमती प्रदेश सरकारको असन्तुष्टि काठमाडौं...   
दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती

दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती

धनगढी । दसैं-तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन् बढ्दै छ । आजको नयाँ...   

बलात्कारीलाई मृत्युदण्डको पैरवी

काठमाडौं । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यता विपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि...   

एसिड आक्रमणकारीमाथि अब कठोर सजाय, राष्ट्रपतिबाट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक...   

ओम्नीलाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्ने निणर्य यथावत्...   

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको...   

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर...   

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top