


अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति


-
-
भदौ १७ गते, २०७७ - ०७:५८

काठमाडौं । ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा चिफ भएकै बेला घोटालाको आरोप लाग्दा सूर्यनाथ उपाध्याय अख्तियारको प्रमुख आयुक्त थिए । उनीसहित सात जना आयुक्तको सर्वसम्मत निर्णयअनुरूप अख्तियारले कोइरालामाथि कारबाहीका लागि बारम्बार ताकेता गरेको हो ।
आजको जनआस्था साप्ताहिकमा खबर छ – अख्तियारबाट २०५९ सालमै कोइरालामाथि कारबाही गरी त्यसको जानकारी अभिलेखका लागि पठाउनसमेत ताकेता गरिएको थियो । तर, कारबाहीको जानकारी नआउँदै सूर्यनाथको अवकाश भयो । अख्तियारले ताकेता मात्र गरेन, वार्षिक प्रतिवेदन २०५९ को निर्देशन, सुझाव खण्डमा यो प्रकरण दर्ज छ । २०६० र २०६१ सालको २१ र २२ औं प्रतिवेदनमा समेत यो विषय उल्लेख छ ।
वार्षिक प्रतिवेदनमा पनि कोइरालालाई बकाइदा कारबाहीका लागि लेखी पठाइएको व्यहोरा उल्लेख छ । अख्तियारका तत्कालीन एक आयुक्तले बताएअनुसार त्यो निर्देशनमा कोइरालाबाट विभिन्न शीर्षकमा हिनामिना पारिएको रकम असुल गरी भविष्यमा कुनै सरकारी नियुक्ति नदिनसमेत लेखिएको थियो ।
अख्तियारको कारबाही रोक्न न कोइराला अदालत गए, न अख्तियारले नै निर्णय तामेलीमा राखेको छ । आजका दिनसम्म त्यो निर्देशन ज्युँका त्युँ छ । यता, कोइरालाले भने एकपछि अर्को सरकारी नियुक्त खाँदै छप्पर फाडेको फाड्यै छन् ।
०५५ सालमा प्रमुख हुँदा उनलाई आर्थिक अनियमिततामा संलग्नताको आरोप लागेको हो । त्यतिबेला सरकारले छानबिनका लागि सूर्यमणि अधिकारीको नेतृत्वमा अधिकारसम्पन्न समिति नै गठन ग¥यो । समितिले कोइरालालाई तत्काल निलम्बन गरी अख्तियारले थप छानबिन अघि बढाउन सुझाएको थियो ।
त्रिभुवन विश्वविद्यालयअनतर्गत उच्च शिक्षा परियोजनाको बजेटमा घोटाला गरेको अर्को आरोप पनि उनीमाथि थियो । परियोजनाको ‘क्लस्टर कार्यक्रम’ मा विनियोजन भएको बजेटमा घोटाला भएको आरोप हो त्यो ।
यो प्रकरणमा अख्तियारको फूल बैठकले ०५९ फागुन २० गते कोइरालाबाट क्याम्पसमा अनियमितता भएको ठहर गरेको देखिन्छ । त्यसपछि अख्तियारले कारबाहीका लागि त्रिविलाई पत्र लेख्यो । अधिकारीको प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्न भनियो । तर, कारबाहीको विषय अहिलेसम्म बेवारिस र गुपचुप छ ।
अख्तियारका आयुक्तहरू अवकाश भए । लगत्तै कोइरालाले आयल निगममा कार्यकारी अध्यक्षको नियुक्ति पाए ०६१ भदौ २ गते । त्यसपछि मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति बने । त्यसअघि ०५१ माघदेखि एमालेकै सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक थिए । आयल निगमको अध्यक्षपछि ०६३ मा आएर फेरि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष बने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोरोना खोप अभियान उत्साहजनक, पहिलो दिन ९ हजार ८४ जनाले लगाए
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार...अम्लीय जातका फलफूल निर्यात गर्न चीनले दिएन अनुमति
काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको...सरेको सर्यै रेल सञ्चालनको मिति
काठमाडौं । भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा...भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...

प्रतिकृया लेख्नुहोस्:
- खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- चीनमा कोरोना भाइरसका सङ्क्रमित दिन प्रतिदिन बढ्दै
- विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
- चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा