Khabar Dabali Logo
  January 15, Fri

कोसेलीमा गुर्जो

म्याग्दी । पोखरादेखि काठमाडौसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्–गुर्जो ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न रोग उपचारमा गुर्जोको उपयोग हुँदै आएको उनले उहिल्यै थाहा पाएका हुन् ।

तर पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि भने नियमित सेवन गरिरहेका छन् ।

‘गुर्जोको नियमित सेवनले शरीर स्फूर्ति बढेको महसुस गरेको छु,’ उनले भने, ‘मैले कोसेली पठाएको गुर्जो सेवन गरिरहेका पोखरादेखि काठमाडौंसम्मका आफन्त र साथीभाइले पनि फाइदा पुगेको प्रतिक्रिया दिइरहेका छन् ।’

उनले मात्र नभई परिवारका सबैले गुर्जो सेवन गरिरहेका छन् । गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना संक्रमणलाई रोक्न मद्दत गर्ने सुनेपछि कार्यालयमा नियमित रूपमा बिहान, दिउँसो र साँझ चियाका रूपमा सेवन गर्दै आएको कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाइन बेनीका सहायक प्रबन्धक यादव न्यौपानेले बताए । ‘चिया बनाएर खाँदा टर्रोपन पनि हुँदैन,’ उनले भने, ‘कार्यालयका सबैले नियमित सेवन गरेपछि स्फूर्ति बढेको अनुभव भएको छ ।’

केही महिनाअघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरैलाई बाहेक कुनै चर्चा र चासो थिएन गुर्जोबारे । वनपाखा र खेतबारीमा प्रशस्त पाइने गुर्जो प्रायः खेर गइरहेको थियो । तर अहिले एकाएक गुर्जोको लहरो चर्चामा छ । गाउँघर, सहरबजारमा सेवन बढेको त छ नै, आफन्त र इष्टमित्रलाई पठाउने बहुमूल्य उपहार (कोसेली) बन्न थालेको छ ।

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको कुनै औषधि र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद चिकित्सकले कोरोनासँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि खोजीखोजी सेवन थालिएको हो ।

उष्णतटीय क्षेत्रमा पाइने लहरे प्रजातिको वनस्पती गुर्जो खोज्ने यतिबेला छ्यापछ्याप्ती भेटिन्छन् । प्राचीन समयदेखि नै रोग प्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने गुर्जो ज्वरो, रुघाखोकी, मधुमेह र चर्मरोगसमेतको उपचारमा उपयोग गरिँदै आएको पाइन्छ ।

पछिल्लो समय भने कोरोना नियन्त्रणका लागि भन्दै गुर्जो पाइने क्षेत्रका प्रायः घरमा पानी वा चियामा उपयोग गर्न थालिएको हो । आयुर्वेद चिकित्सकका अनुसार बेसार, गुर्जो र तुलसीको पातसमेत मिसाएर उमालेको पानी बेलुका–बिहान नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा पनि कोरोना संक्रमण भई आइसोलेसनमा बसेका ४८ जनालाई सुरुदेखि नै तुलसीको पात र गुर्जो थिचेर बनाएको चिया र अस्वगन्धा जडीबुटी नियमित खुवाइएको थियो ।

आइसोलेसनमा बसेका सबै छिट्टै कोरोना संक्रमणमुक्त हुनुले गुर्जोलगायत जडीबुटीको सेवन उपयोगी रहेको कार्यालयको दाबी छ । संस्कृतमा गुडुची वा चक्रलक्षणिका भनिने गुर्जोलाई नेपालीमा अमृता पनि भनिन्छ ।

यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । ‘गुर्जो बहुउपयोगी र बहुगुणकारी जडीबुटी भएकाले सम्भव भएसम्म खानु जरुरी छ,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. मधुरजी ढकालले भने, ‘हरेक कुराको सीमा हुन्छ ।

गुर्जो सेवनमा पनि मात्रा मिलाउनु आवश्यक हुन्छ । त्यसैले एक जना वयस्कले २ इन्चसम्मको टुक्रा गुर्जो थिचेर थोरै पानीमा राखी उमालेर ५० एमएलसम्म बनाई सेलाएर बिहान–बेलुका नित्य सेवन गर्दा फाइदा पुग्छ ।’ गुर्जो सेवनले अन्य रोगलाई समेत लाभ पुर्‍याउने उनले बताए ।

पानको झैं फिँजारिएको पात हुन्छ गुर्जोको । यसको लहरालाई काट्दा भित्र चक्राकार चिह्न देखिन्छ । बर्खायामको फूल पहेंलो र हिउँदमा फल रातो फल्छ ।

गुर्जोको ताजा वा सुकेको लहराको १–२ इन्च जति टुक्रालाई थिचेर २ सय एमएल पानीमा राखी उमाल्दै सुकाएर ५० एमएल भएपछि सेलाएर नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै मधुमेह (सुगर) का बिरामीलाई समेत राम्रो हुने केन्द्रले जनाएको छ ।

‘गुर्जो गुणकारी जडीबुटी भएको धेरैले अनुभव सुनाएका छन् । गुर्जो प्रयोग भएका विभिन्न औषधि ल्याउने तयारीमा छौं,’ जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन विश्वकर्माले भने, ‘बजेट व्यवस्थापनपछि गुर्जोयुक्त औषधि वितरण गर्ने र यसको उपयोग गर्ने विधिबारे सचेतनाको योजनामा छौं ।’

भदौ १७ गते, २०७७ - ०७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top