Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपालमा रेमडेसिभिरको प्रयोग कति प्रभावकारी ?, यसो भन्छन् चिकित्सक

सरकारी अस्पतालमा रेमडेसिभिर निःशुल्क पाइने

काठमाडौं । कोरोना भाइरसको भ्याक्सिन र औषधि तयार नहुँदासम्म आपतकालीन अवस्थामा प्रयोगमा ल्याइएको रेमडेसिभिर (एन्टिबाइल) नामक औषधि गत सातादेखि नेपालमा पनि संक्रमितमा प्रयोग हुन थालेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - औषधि व्यवस्था विभागका अनुसार अमेरिका, बेलायत, बंगलादेश, चीन, भारत, पाकिस्तानलगायतका मुलुकमा क्लिनिकल परीक्षणका रूपमा प्रयोग भइरहेको रेमडेसिभिरलाई नेपालमा पनि ‘क्लिनिकल ट्रायल’का लागि ११ अगस्टमा प्रयोगमा ल्याउन स्विकृति दिइएको छ ।

विभागका प्रवक्ता सन्तोष केसीले रेमडेसिभिर नेपाल आयात गर्न तीनवटा भारतीय औषधि कम्पनी (सिप्ला, हेटेरो र माइलन) ले अधिकार पाएको जानकारी दिए । जसमध्ये हाल माइलन कम्पनीमार्फत आयात गरिएको औषधि नेपालमा प्रयोगमा आउन थालेको छ । अन्य दुई कम्पनीले औषधि पठाउने तयारी गरिरहेको उनी बताउँछन् ।

विभिन्न मुलुकमा कोरोनाको लक्षण देखिएका बिरामीमा रेमडेसिभिर औषधिको प्रयोगबाट सामान्यभन्दा निकै समयअगाडि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै आपत्कालीन अवस्थामा प्रयोग भइरहेको छ ।

विभिन्न अध्ययनहरूले छोटो समयमै संक्रमण निको पार्न सहयोगी भएकाले प्रयोगमा ल्याउन सकिने देखाएपछि नेपालमा पनि ट्रायलकै रूपमा प्रयोगमा ल्याउन औषधि व्यवस्था विभागले मान्यता दिएको हो ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन कोभिडका बिरामीको उपचार गरिरहेका काठमाडौंका ठूला अस्पतालले प्रयोगमा ल्याइसकेको बताउँछन् । भन्छन्, ‘भर्खरै मात्र प्रयोगमा ल्याइएकाले नेपालमा रेमडेसिभिर औषधि कति प्रभावकारी हुन्छ भन्ने अहिले नै यकिनसाथ भन्न सकिन्न । तर, कोभिडविरुद्ध प्रयोग भइरहेका अन्य औषधि र उपचार पद्धतिभन्दा बढी प्रभावकारी मानिएकाले केही हदसम्म सहयोगी हुन्छ भन्ने आश छ ।’

रेमडेसिभिर कोरोना संक्रमितको उपचारमा राम्रो विकल्प बन्न सक्छ

पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएकाले रेमडेसिभिर (एन्टिबाइल) औषधि अहिलेको समयका लागि राम्रो विकल्प बन्न सक्ने बताउँछन्, डा.असरफ हुसेन ।

भन्छन्, ‘नेपालमा अहिले कोरोनाविरुद्धका लागि प्लाज्मा थेरापी र रेमडेसिभिर मात्र प्रयोगमा आइरहेको छ । केही व्यक्तिमा प्लाज्मा थेरापी गरिए पनि सबैमा गर्न सम्भव छैन । जटिल खालका लक्षण देखिएका बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन रेमडेसिभिरमाथि आस जागेको छ ।’

रेमडेसिभिर कोरोनाको मुख्य औषधि भने होइन । यसले सबै व्यक्तिमा एक किसिमको प्रभाव पार्छ भन्ने कुनै आधार नभएको बताउँछन्, डा. हुसेन । भन्छन्, ‘यो अन्य औषधिभन्दा केही बढी प्रभावकारी हुन्छ भन्ने मात्रै हो, तर रेमडेसिभिर सबै बिरामीमा प्रयोग गर्न भने मिल्दैन । अहिले पनि ट्रायलकै रूपमा प्रयोग भइरहेकाले शतप्रतिशत नतिजा दिन्छ भन्ने पनि छैन ।’

नेपालका अस्पतालले प्रयोेगमा ल्याइसकेपछि मात्र यो औषधिको प्रभावकारिताबारे अनुमान गर्न सकिने उनी बताउँछन् । हुुसेनका अनुसार यसको प्रभावकारिता थाहा पाउन अझै एक महिनाजति समय लाग्न सक्छ ।

प्लाज्मा थेरापी र रेमडेसिभिरजस्ता औषधि कोरोना रोकथाम र नियन्त्रणको वैकल्पिक उपाय मात्र भएकाले शतप्रतिशत नतिजा ल्याउन जीवनशैलीमा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । ‘अहिलेका लागि मास्क लगाउने, कम्तीमा २० सेकेन्ड हात धुने र भौतिक दूरी कायम राख्नु नै कोरोनाबाट बच्ने शतप्रतिशत माध्यम हो,’ डा.हुसेन भन्छन् ।

सरकारी अस्पतालमा रेमडेसिभिर निःशुल्क पाइने

रेमडेसिभिर औषधि सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सरकारी अस्पतालले रेमडेसिभिर किनेर बिरामीलाई निःशुल्क दिनुपर्ने र त्यसको भुक्तानी स्वास्थ्य मन्त्रालयले दिने जानकारी दिए ।

तीन वटा भारतीय कम्पनीमार्फत नेपाल आयात गरिएको रेमडेसिभिर औषधि अब नेपालका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइनेछ । औषधिको सहज उपलब्धताका लागि सरकारले सरकारी अस्पतालमा निःशुल्क गरेको हो । निजी अस्पतालमा भने रेमडेसिभिरको मूल्य सात हजारदेखि आठ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

कति पर्छ मूल्य ?
औषधि व्यवस्था विभागका अनुसार रेमडेसिभिरको मूल्य कम्पनीअनुसार फरक हुन्छ । यो औषधि बिरामीको स्वास्थ्य अवस्थाअनुसार लगातार पाँच दिनसम्म इन्जेक्सनमार्फत ६ देखि ११ वटा भाइल दिन सकिन्छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार, प्रत्येक भाइलको मूल्य भारतमा बिक्री वितरण भइरहेकै मूल्यमा उपलब्ध गराइने सहमति भएको छ । हाल प्रयोगमा आइरहेको माइलन नामक कम्पनीले उपलब्ध गराइरहेको औषधि प्रतिभाइल सात हजार ६ सय रुपैयाँ पर्छ । यसरी एक विरामीको कम्तीमा ४२ हजारदेखि ७७ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

के हो रेमडेसिभिर ?
रेमडेसिभिर अमेरिकी कम्पनी ‘गिलिड साइन्सेस’ ले उत्पादन गर्छ । हेपाटाइटिस सीका बिरामीका लागि सन् २००९ मा यसको उत्पादन थालिए पनि पछिल्लो समय इबोला, सार्स र मर्स भाइरसका संक्रमितमा पनि यो औषधि प्रयोगमा ल्याइएको थियो । विश्वमै रेमडेसिभिरलाई कोरोना भाइरसविरुद्ध प्रभावकारी औषधि मानिएको र तत्काल कोरोना संक्रमितमा प्रयोग गर्न मिल्ने प्रभावकारी एन्टिबाइल मानिएको छ ।

अमेरिका, भारत, जापान, अस्ट्रेलिया, बेलायतलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको छ । नेपालमा पनि दुई साताअगाडि औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायलका लागि मान्यता दिएको छ । हाल नेपालमा पनि केही अस्पतालले संक्रमितमा रेमडेसिभिर प्रयोग गरिरहेका छन् ।

नेपालमा पनि सिकिस्त बिरामीमा रेमडेसिभिर औषधि दिँदा सामान्यभन्दा निकै समयअगाडि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको पाइएकाले प्रयोगमा ल्याउन अनुमति दिइएको बताइएको छ ।

गत असारमै अमेरिकामा क्लिनिकल परीक्षणपछि इन्जेक्सनमार्फत कोभिडका बिरामीलाई यो औषधि दिँदा चाँडै निको भएको भन्दै प्रयोगमा ल्याउन सुरु गरिएको थियो ।

कोरोना भाइरसको खोप र औषधि तयार नहुँदासम्म रेमडेसिभिरलाई विकल्पका रूपमा प्रयोग गर्न मान्यता दिइएको छ । यो औषधि नेपाल ल्याउन औषधि व्यवस्था विभागले तीनवटा भारतीय औषधि कम्पनीलाई मान्यता दिएको छ ।

हालसम्म माइनल नामक कम्पनीमार्फत यो औषधि नेपाल आयात भइरहेको छ । कोभिडको उपचार गरिरहेका ठूला अस्पतालमा गत बिहीबारदेखि प्रयोगमा ल्याउन थालिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies