


देशभर ४० हजार कोरोना संक्रमित, एकै दिन १,०६९ मा संक्रमण


-
-
भदौ १७ गते, २०७७ - ०७:०१

मृतकको संख्या २३९ पुग्यो, लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु
काठमाडौं। कोरोना भाइरस संक्रमण सुरु भएको आठ महिनापछि नेपालमा संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ६९ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – मंगलबार काठमाडौं उपत्यकामा चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय पाँच पुगेको छ । काठमाडौंमा पाँच हजार १५, ललितपुरका सात सय ४३ र भक्तपुरमा पाँच सय ४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेहरूको संख्या दुई सय ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पर्साका तीन, काठमाडौं र महोत्तरीका दुई–दुई, बारा, सिराहा, चितवन र मकवानपुरका एक–एकजनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयले समुदायमा संक्रमण फैलिएको जनाउँदै जनता आफै सचेत बन्नुपर्ने बताएको छ । अफै पनि ठूलो संख्यामा मानिसहरूले मास्कको प्रयोग नगरेको तथा गरे पनि उपयुक्त तरिकाले नलगाउने गरेको जनाएको छ ।
सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरे पनि संक्रमितको संख्या दैनिक बढिरहेको छ । त्यसमा पनि काठमाडौं उपत्यका उच्च जोखिममा परेको चिकित्सकहरूले बताएका छन् । सक्रिय संक्रमित रहेका ७५ जिल्लामध्ये काठमाडौंमा दैनिक संक्रमण धेरै रहेको छ ।
कस्तो छ नेपालको अवस्था
निको भएको : २२,१७८
सक्रिय संक्रमित : १८,११२
होम आइसोलेसनमा : ७,२८०
संस्थागत आइसोलेसनमा : १०,८३२
२४ घन्टामा डिस्चार्ज : ७६८
पिसिआर परीक्षण : ७,०५,५६०
२४ घन्टामा पिसिआर परीक्षण : १२,०८८
क्वारेन्टाइनमा भएका : ७,३९०
कोरोना लक्षण भएका २५ प्रतिशत संक्रमितको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म मृत्यु भएका दुई सय २८ जनामध्ये एक चौथाइ कोरोनाको लक्षण देखिएका संक्रमित रहेको पाइएको छ । पहिलो पटक नेपालमा ४ जेठमा संक्रमितको मृत्यु भएको थियो । त्यसयता क्रमशः मृत्युदर बढ्दै गएको छ । सुरुवातका दिनमा ५० वर्षभन्दा कम उमेर समूहको मृत्यु बढी देखिएको थियो भने अहिले वृद्धवृद्धाको मृत्युदर बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म मृत्यु भएकाहरूको तथ्यांक विश्लेषण गरेको छ भने मंगलबार थपिएका मृतकको विस्तृत विवरण आउन बाँकी छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म मृत्यु भएका दुई सय २८ मध्ये २५ प्रतिशत लक्षण भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार ५७ जना लक्षणसहितका संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, कोरोनाबाट मृत्यु भएका अन्य संक्रमित भने विभिन्न जटिल रोग लागेकाहरू छन् । मृतकमा मुटु, मिर्गौला, क्यान्सर, मधुमेहजस्ता रोग लागेका संक्रमित धेरै रहेको देखिएको छ । लक्षण नदेखिए पनि त्यस्ता संक्रमितका शरीरका अंगहरू कोरोना भाइरसले चाँडो खराब हुने गरेको चिकित्सकहरू बताउँछन् ।
आठ महिनापछि आएर कोरोनाले नेपालमा रूप परिवर्तन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसले रूप परिवर्तन अर्थात् कडा भएर आएकाले मृत्युदरमा छिटो वृद्धि भएको बताए ।
त्यस्तै, कोरोना भाइरसले रूप परिवर्तन गरेसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको सहायता चाहिने संक्रमित पनि दैनिक बढ्दै गएका छन् । कोरोना संक्रमितको मृत्युदरलाई कम गर्ने उद्देश्यले परीक्षणमा रहेका औषधि रेम्डिसिभिर र प्लाज्मा थेरापी विधि पनि प्रयोग गरेर उपचार भइरहेको छ । त्यस्तै, आयुर्वेदिक औषधि पनि संक्रमितको उपचारमा प्रयोग गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...
