Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आइसोलेसनमा बस्ने सङ्क्रमित भन्छन् ‘निस्तै खाना खानुपर्ने बाध्यता छ’

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको दमौली अस्पतालको आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बसेका सङ्क्रमितले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।

व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताए । “खाना त पुग्दो मात्रामा पाइरहेका छौँ तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन,” उनले भने, “कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।”

उनका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,” उनले भने, “यस विषयमा वडाध्यक्षलाई पनि पटकपटक भनेपनि कुनै सुनुवाइ भएन ।” उनका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । “निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ, भोक लाग्छ अनि बिस्कुटलगायत खानेकुरा खाएर भएपनि भोक मेट्छौ,” उनले गुनासो गरे ।

आइसोलेसनमा बस्नेलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेसनमा बस्नेले बताए । सो आइसोलेसनमा अहिले १५ जना सङ्क्रमित छन् । तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । “म भदौ ११ गतेदेखि आइसोलेसनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौँ,” उनले भने, “एक जना महिला स्वास्थ्यकर्मी र सरसफाइ गर्ने मानिस मात्रै छन् ।” उनका अनुसार आइसोलेसनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिए । दमौलीस्थित एक होटलबाट आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies