


सिन्धुलीका यी बस्तीलाई सार्न विज्ञको सुझाव दिए पनि बस्ती स्थानान्तरणको गति सुस्त


-
-
भदौ १६ गते, २०७७ - १४:३२

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भैसकेका छै्रनन् । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ वस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।
भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि १२ बस्तीका आठ घर मात्र स्थानान्तरण भएको जिल्ला आयोजना कार्यान्वय एकाइ, स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीका प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए । विज्ञको टोलीले १२ बस्तीका ८०७ घरधरीलाई अन्यन्त्रै स्थानान्तरण गर्न सुझाव दिएको थियो । साविक भीमेश्वर गाविसमा रहेको कोलखोलाको आठ घरधुरीलाई मात्रै अन्यत्र स्थानान्तरण गरिएको विष्टले बताए । यहाँका अनुसार पुरानो बस्ती छोडी अन्यत्र सर्न चाहने प्रतिपरिवारलाई दुई लाख रुपैयाँको दरले अनुदान व्यवस्थापन गरिएको छ ।
टोलीले कमलामाई नगरपालिका—९ मा रहेका भिमानदेखि बथानचौडीसम्मको बसोवास रहेको क्षेत्रका जग्गा ऐलानी भएपनि यहाँका जमिनको चलनचल्तीको मूल्य महङ्गो भएकाले यहाँका मानिसहरु अन्यत्र सर्न नचाहेको कमलामाई नगरपालिकाले जनाएको छ । दुधौली नगरपालिकाको झुगा, कालापानी क्षेत्रका टोलीले सार्न सिफारिस गरेको अधिकांश बस्ती निर्माणाधीन हेटौंडा–चतारा सडक खण्डमा पर्दछ ।
यसैगरी मरिण गाउँपालिकाको धमिले क्षेत्र गाउँपालिकाकै ठूलो बजार क्षेत्र हो । सहानलगायतको क्षेत्रमा पनि ठूलो वस्ती रहेको र यहाँको जमिनको मूल्य पनि महङ्गो रहेकाले यहाँका मानिसहरु अन्यत्र सर्न नचाहेको गाउँपालिकाले जनाएको छ । राज्यले दिने दुई लाख रुपैयाँको कयौँ गुणा बढी मूल्य त्यहाँको जमिनको रहेको गाउँपालिकाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली
कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व...गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु...निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको...सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते
सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको...पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...

प्रतिकृया लेख्नुहोस्:
- गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
- दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
- निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
- तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
- फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल