Khabar Dabali Logo
  September 24, Thu

एकैघरका १४ जना सङ्क्रमित परिवारलाई खाद्यान्न वितरण

भक्तपुर । सैनिक श्रीमती संघले मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकैघरका १४ जना परिवारलाई खाद्यान्न वितरण गरेको छ । राष्ट्रिय समाचार समितिबाट (रासस)यही भदौ १४ गते आइतबार ‘जब एकाघरका १४ जना कोरोना सङ्क्रमित भए…’शीर्षकको समाचार सम्प्रेषण भएको थियो । यसपछि संघले पीडित परिवारलाई तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो ।

रामेछापबाट सातवर्ष अगाडि बोडेमा जग्गा भाडामा लिएर टहरा हालेर बस्दै आएका चारदिन र तीन महिनाको सुत्केरी, ७, ८ र ९ वर्षका बालवालिकादेखि ७५ वर्षीया जेष्ठ महिला समेत कोरोना सङ्क्रमित भएपछि समस्यामा परेका थिए । सङ्क्रमित सो परिवारलाई स्थानीयले एम्बुलेन्समा राखेर खरिपाटीस्थित आइसोलेशनमा पठाएका थिए । आइसोलेशनले पनि सोही राती नै पुनः सोही टहरामा मै फर्काइदिएको थियो । यसपछि उक्त परिवारलाई मानसिक तनावका साथै खाद्यान्नको अभावमा परेका विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो ।

सङ्क्रमित परिवारमा खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यले संघले टहरामा होम आइसोलेशन मै रहेका ती परिवारलाई खाद्यान्नसहितको सामाग्री प्रदान गरेको वीर दल सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए ।

गणपति प्रमुख सेनानी पौड़ेल तथा बडाध्यक्ष रामकाजी चक्रधरको रोहवरमा संघले १० बोरा चामल, एक÷एक बोरा गेडागुडी, आलु र नून, एक बक्सा तेल, दुई/दुई केजी बेसार, मेथी, ज्वानोे, हर्लिक्स, बोर्न भिटा , चार बट्टा ल्याक्टोजिन, सुत्केरी तथा नवजात शिशुलाई न्यायो कपडा, पौष्टिक आहारा तथा गणले स्यानेटाइजर, मास्क र जुस प्रदान गरेको हो । संघले गरेको यस सहयोगले परिवारमा ठूलो राहत पुगेको सङ्क्रमितका परिवारले जनाएका छन् ।

भदौ १६ गते, २०७७ - १३:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

बाग्लुङ। बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस...   

हेटौँडामा दैनिक ५ टन पाउडर दूध उत्पादन क्षमताको उद्योग निर्माण हुने

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना...   

भरतपुर अस्पताल वरपरको भाग डुवानमा

चितवन । यहाँको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो...   

क्यानाडामा पनि कोरोना संक्रमण दोस्रो चरणमा : प्रधानमन्त्री ट्रयुडेउ

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री...   

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण

मङ्गलबारे । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई...   

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी...   

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।...   

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजारभन्दा बढी

वीरेन्द्रनगर । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका...   

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

काठमाडौँ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश...   

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

न्युयोर्क । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top