


मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी


-
-
भदौ १६ गते, २०७७ - १३:३९

दार्चुला । लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ ।
जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्याङ्क वडा कार्यालयसँग छ । मृतकका नाममा साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयवासीले कानूनी कारवाही हुनुपर्ने मागसहित वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी भुवन जोशीले जानकारी दिए ।
पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापत रु २४ हजार खाएको आरोप प्राविधिक बोहरामाथि लागेको छ । तेस्रो चौमासिकको रकम वितरणको बेला वडा कार्यालयले सूचना जारी गरेको थियो । मृतक जोशी परिवारले सामाजिक सुरक्षा भत्ता लिन आएका थिएनन् । मृतक परिवारले आफूहरुले मरेको मान्छेको रकम नलिने भनेपछि यसअघि सो रकमको बारेमा चासो बढेको थियो ।
ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सार्वजनिक सूचना गर्दा मृतक जोशीको नाममा सामाजिक सुरक्षा भत्ता निकासी भइरहेको देखिएको हो, वडाध्यक्ष दीपेन्द्र बोहराले भने। “तेस्रो चौमासिकमा मान्छे सम्पर्कमा नआएपछि कोलेनिकाबाट रकम फिर्ता गर्न लगाए । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको लगत काट्न विर्षिदा रकम हिनामिना भएको देखिन्छ”, वडाध्यक्ष बोहराले भने । कर्मचारी र वडाध्यक्षले स्थानीयवासीसँग माफी मागे पनि कानूनी कारवाही गरिनुपर्ने, भ्रष्टाचारसम्बन्धी मुद्दा लगाइनुपर्ने भन्दै उनीहरुले तालाबन्दी गरेको बताइएको छ ।
सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा वडाध्यक्ष बोहरा, वडा सचिव लक्ष्मणराज विष्ट र प्राविधिक हरसिंह बोहरा तीनै जना दोषी देखिएकाले उनीहरुलाई उचित कारवाही हुनुपर्ने माग आफूहरुले राखेको स्थानीयवासीको माग छ । वडा कार्यालयबाट मृत्यु भइसकेका अरु मानिसको नाममा समेत भत्ता हिनामिना भएको हुन सक्ने भन्दै विगत तीन वर्षदेखिको सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको विवरण सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।
वडाध्यक्ष बोहराले कारवाही गर्ने निकाय आफू नभएकाले सम्बन्धित निकायमा उजुरी गर्न स्थानीयवासीसँग आग्रह गरे । ”हामीले कमजोरी भयो भनेर माफी मागेका छौँ, कारवाही गर्ने निकायमा म छैन”, उनले भने । प्राविधिक बोहराले सामाजिक सुरक्षा भत्ता रकम हिनामिना नभएको दाबी गरे । “भूलबस सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको सूचीबाट हटाउन नसकिएको हो”, उनले भने “दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता मान्छे नभेटिएर आफूसँग रह्यो, तेस्रो किस्ता पनि आइसकेको थियो । मान्छे को हुन भन्दै सोधी खोजी ग¥यौँ, मान्छेको महेन्द्रनगरमा मृत्यु भएको जानकारी आएपछि रकम फिर्ता ग¥यौँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज...प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली...प्रधानमन्त्री ओलीको प्रश्न : मैले हँसाएँ भनेर किन पीर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको...प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डजस्तो इमान्दार...नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन...संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...
