Khabar Dabali Logo
  January 27, Wed

इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन्।

सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, “ नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ । ”

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाएका छन् ।

सन्देशमा उनले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् ।

भदौ १६ गते, २०७७ - ११:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले निशुल्क कोरोनाविरूद्ध...   
थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली

थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका...   
कोरोनाविरूद्ध खोप अभियान सुरू, पहिलो खोप डा. राजभण्डारीले लगाए

कोरोनाविरूद्ध खोप अभियान सुरू, पहिलो खोप डा. राजभण्डारीले लगाए

काठमाडौं । सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सुरू गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...   

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु, प्रधानमन्त्रीले भर्चुअल विधिबाट शुभारम्भ गर्ने

काठमाडाै‌ । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री...   

कोरोना शीर्षकको बजेट कर्मचारी भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च भएको जनगुनासो...   

हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच...   

पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा...   

शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि...   

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनबिरुद्ध थप आन्दोलन...   

निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने

काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top