Khabar Dabali Logo
  January 21, Thu

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो ।

माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सो क्षेत्रको सोमबार स्थलगत निरीक्षणसमेत गरेका छन् ।

अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताए। एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उहाँले जानकारी दिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।

सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना हुने बताए। उनले भने, “अहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा छन्, पहिलो चरणमा तीनवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।” उनले एउटा पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिए । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।

भदौ १६ गते, २०७७ - ०९:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन बुधबारको तुलनामा ६०० रुपैयाँ...   

काठमाडौँ महानगरपालिकाद्वारा तीन विधेयक पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा...   

चितवनमा छ महिनाको अवधिमा २१६ दुर्घटना

चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु...   

दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली...   
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ, ट्रम्प फ्लोरिडामा

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ, ट्रम्प फ्लोरिडामा

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा...   

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top