Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

काठमाडौँ । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले जामको दीर्घकालीन समाधान गर्न सरकारले यस क्षेत्रमा ‘अण्डरपास तथा फ्लाइओभर’ निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए ।

राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिए । सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ ।

‘‘अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ, त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिनेछ’’ उनले थपे, ‘‘कात्तिकभित्र ठेक्का प्रक्रिया सम्पन्न हुनेछ र त्यसको छ महिनाभित्र विस्तारका सबै कार्य सम्पन्न हुनेछ ।’’

उक्त सडक विस्तारका लागि अब कुनै पनि बाधा अवरोध नरहेको स्पष्ट पार्दै उनले विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का साथै जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो । यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies