


खतिवडा पुनर्नियुक्ति : ओली–प्रचण्डबीच मत बाझियो


-
-
भदौ १६ गते, २०७७ - ०८:०३

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए । तर यसमा दाहाल सकारात्मक नभएको स्रोतले बताएको छ ।
दाहालले भने पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा निर्णय लिनुपर्ने मत ओलीसँगको छलफलका क्रममा राखेका छन् । नेकपामा दुई अध्यक्षको शक्ति संघर्ष मत्थर भएको बताइरहँदा खतिवडाको पुनर्नियुक्तिको विषयले फेरि मत बाझिन थालेको हो ।
खुमलटार स्रोतका अनुसार, प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकअगाडि नै दाहालसँगको छलफलका आधारमा सहमति जुटाई खतिवडालाई राष्ट्रिय सभामा पुनर्नियुक्ति दिलाएर आफ्नो क्याबिनेटमा अर्थमन्त्रीकै रूपमा निरन्तरता दिन चाहिरहेका छन् ।
दाहाल भने पार्टीभित्रको राजनीतिक नियुक्ति, संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन सचिवालय बैठकमा छलफलमा लगिनुपर्ने र त्यहाँ नेताको सुझाव, अध्यक्षयको आपसी परामर्श र सहमतिका आधारमा मात्रै निर्णयमा पुग्नुपर्ने पक्षमा उभिएका छन् ।
१२ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको झन्डै दुई घण्टा लामो छलफलका क्रममा ओली र दाहालबीचमा खतिवडाको पुनर्नियुक्तिका विषयमा छलफल भएको थियो । त्यसअगाडि पनि ओली दाहाल ९ भदौमा छलफलमा बसेका थिए ।
खतिवडाको म्याद यही २१ भदौमा सकिँदैछ । गत फागनु २१ बाट गैरसांसदका रूपमा अर्थमन्त्रीमा निरन्तरता पाइरहेका खतिवडालाई अहिले पनि निरन्तरता दिन आगामी २० भदौसम्ममा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यका रूपमा मनोनीत गर्नुपर्ने हुन्छ । अन्यथा उनले संवैधानिक प्रवाधानका आधारमा पनि अर्थमन्त्रीका रूपमा निरन्तरता पाउन सक्ने छैनन् ।
नेकपाभित्र अर्थमन्त्री खतिवडाप्रति कतिपय नेता असन्तुष्ट देखिए पनि प्रधानमन्त्री ओली भने सन्तुष्ट देखिएका छन् । यसका कारण पनि अबको प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री खतिवडालाई नै अर्थमन्त्रीका रूपमा निरन्तरता दिन चाहिरहेका छन् ।
उनले केही दिनअगाडि मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पनि खतिवडाको पुननर्नियुक्ति हुने संकेत गरेका थिए । सरकारका मन्त्री परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको भन्दै ओलीले आफू अर्थमन्त्री खतिवडाको कामबाट सन्तुष्ट भएको बताएका थिए । ‘उहाँ (खतिवडा) ले राम्रो काम गर्नु भएको छ । दुई–चार दिन बाँकी छ हेरौं’, प्रधानमन्त्रीको भनाइ थियो ।
अध्यक्ष दाहाललगायत नेता भने खतिवडालाई बिदा गरेर अब सरकारका मन्त्री हेरफेर हुँदा अन्य नेतालाई अर्थमन्त्रीका रूपमा जिम्मेवारी दिनुपर्ने पक्षमा देखिन्छन् । गत फागुन १४ मा राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सरकारलाई सुझाव दिने निर्णय नेकपाको सचिवालय बैठकले गरेको थियो ।
उक्त सुझावलाई ओलीले एक घण्टा नबित्दै पार्टीको सुझाव मान्नैपर्ने बाध्यतामा आफू नभएको बताएपछि नेकपाभित्र चर्काे विवाद निम्तेको थियो । प्रधानमन्त्री ओली गत वैशाख २० मा उपाध्यक्ष गौतम राष्ट्रिय सभामा नगएर प्रतिनिधि सभाको चुनाव लडाउने विषयमा भएकाले फागुनको निर्णय प्रतिस्थापन भइसकेको बुझाइमा छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘एकपल्ट उहाँ (वामदेव) लाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो ।’
तर गौतम फागुनको निर्णय पार्टीले कार्यान्वयन गर्नुपर्ने पक्षमा देखिन्छन् । प्रधानमन्त्रीबाट आफैंलाई राष्ट्रिय सभामा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा आफू रहेको गौतमको अहिले मत देखिन्छ । यो घनचक्करबीच राष्ट्रिय सभाको रिक्त एक सिटका लागि फेरि नेकपाको १८ भदौको सचिवालयमा विवाद निम्तने सक्ने देखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
- विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
- ‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
- विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
- सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने