Khabar Dabali Logo
  September 24, Thu

कक्षा १२ को परीक्षा दशैं अगाडि नै

काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैंअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्व सूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

नयाँ विकल्प : बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।

कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताए ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी संख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

भदौ १६ गते, २०७७ - ०७:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

काठमाडौं । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित...   

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं। महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका...   
प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

झापा। प्रदेश–१ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद...   

वामदेवको राष्ट्रिय सभा प्रवेश संवैधानिक विवादमा

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने काठमाडौं । पार्टीभित्र ठूलो...   

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण...   

डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन...   

कांग्रेस महाधिवेशन : गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका...   

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति...   
लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट हुम्ला । नेपाल–चीन सीमा छुट्याउने...   

वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top