Khabar Dabali Logo
  September 22, Tue

आज ४ सय ९ जना नेपाली फर्किए, दुबईबाट चार वटा शव पनि नेपाल ल्याइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन् । दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

आन्तरिकतर्फ आज सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन् । समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ । मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता एयरले सुर्खेत र नेपालगञ्जमा उडान गरेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ १५ गते, २०७७ - १९:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी पाँच दिन देशभर भारी वर्षा हुने, उच्च सतर्कतासाथ बस्न अनुरोध

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना...   

कोरोना सङ्क्रमितको ४९ वर्षीय पुरुषको घरमै मृत्यु

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको...   
काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोना पुष्टि, अन्य कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...   

मंगलबार देशभर १३५६ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार देशभर १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा...   

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच...   

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको...   

नेकपा सचिवालय बैठक : संवैधानिक निकायमा छिटो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक...   

डा. केसीलाई प्रहरीले विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टर पुर्‍यायो

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय...   

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड

संयुक्त राष्ट्रसंघ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको...   

गुल्मी घटनाप्रति कांग्रेस संसदीय दलद्वारा भत्र्सना, प्रशासनको नियतमै खोट देखिएको आरोप

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top