


महिला सामुदायिक भवन निर्माण


-
-
भदौ १५ गते, २०७७ - १४:५६

रसुवा । महिला वर्गले गर्ने कामको सहजीकरण गर्न दक्षिणी भेकमा सामुदायिक भवन निर्माण भएको छ । नौकुण्ड गाउँपालिका वडा नं ५ अन्तर्गत आँपचौर, खाल्चेत एवं गुरूङगाउँसमेतका स्थानमा तीन सामुदायिक महिला भवन निर्माण भएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिए ।
ती भवन निर्माणका लागि गाउँपालिकाका तर्फबाट रू ४० लाख खर्च भएको छ । महिलाका समस्या सामूहिक रूपमा छलफल गरी समाधान गर्न नयाँ भवनले सहज पार्ने गाउँपालिकाले जनाएको छ ।
यसैबीच माङ्सेखोला मुहान गरी चित्तीगाउँसम्म सिंचाइ कुलो निर्माण भएको छ । पानीको स्रोत नभएको चित्तीगाउँमा सिंचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको कुलोबाट हाल करीब पाँच सय रोपनी जमीनमा धान रोपिएको छ । यसबाट दुई सयभन्दा बढी किसान लाभान्वित भएको वडा कार्यालयले जनाएको छ ।
चित्तीगाउँदेखि माथिल्लो भञ्ज्याङसम्मको गोरेटोबाटो तथा सानो भोर्लेदेखि ठूलो भोर्लेसम्म छोटो दूरीको ग्रामीण मोटरबाटोसमेत निर्माण भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...भक्तपुरमा खोपः चार हजारलाई दिइने
काठमाडौँ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर...विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो
वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका...खुँडा प्रहार गरी हत्या गर्ने ३ जना आरोपित पक्राउ
बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा...जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
खलङ्गा । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको...रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क
काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...
