


संस्कृत शिक्षाप्रति युवाको आकर्षण


-
-
भदौ १५ गते, २०७७ - १२:४६

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु सांस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित सांस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।
भीमटारी सामुदायिक सिकाइ केन्द्रको आयोजना र मोहिनीशरण स्मृति प्रतिष्ठानको सहआयोजनामा सञ्चालन गरिएको पाठशालामा पहिलो चरणमा पितृ कार्यअन्तर्गत श्राद्ध पद्धति, वेद पाठ, अग्नि स्थापनाका बारेमा कर्माभ्यास गराइएको आयोजक अध्ययन केन्द्रका अध्यक्ष नेत्रप्रसाद रेग्मीले बताए ।
“पछिल्लो समयमा धार्मिक एवं सांस्कृतिक कार्यहरुमा युवाहरुको रुची कम हुँदै गइरहेको छ” अध्यक्ष रेग्मीले भने, “पितृ कार्य तथा शुभकार्यका लागि पण्डित, पुरोहितहरुको सङ्ख्या कमी हुँदै गएकाले पनि युवालाई यतापट्टि आकर्षित गरी कर्म अभ्यास गराएका हौँ ।”
कोभिड १९ को बन्दाबन्दीलाई सदुपयोग गर्दै गत जेठ ११ गतेबाट सञ्चालन गरिएको पाठशालामा स्थानीय युवाको सहभागिता रहेको मोहोनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले बताए । पाठशालामा १८ देखि ५० वर्ष उमेर समूहका ३० जनाको सहभागिता रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली
कोहलपुर । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व...गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
राजविराज । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु...निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
भोजपुर । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको...सर्लाहीमा यात्रु बस पल्टिदा दुई जनाको मृत्यु १९ जना घाइते
सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको...पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...
