


पहिराका कारण छाप भञ्ज्याङका ६५ घर जोखिममा


-
-
भदौ १५ गते, २०७७ - १२:१६

साँखु । पहिराका कारण शङ्खरापुर नगरपालिका– १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो ।
स्थानीय गोपाल ढकालका अनुसार– पाँगो माटो भएको ५० रोपनी जग्गा तल भासिँदै गएकाले बस्ती जोखिममा परेको हो । यसैगरी सहायक राजमार्गका रुपमा रहेको सडकखण्ड पनि तीन फिट भासिएको छ ।
समयमै यसको रोकथाम तथा सडकको मर्मत गर्न उनले आग्रह गरे । तत्काल रोकथामको पहल नगर्ने हो र सडकको अवस्थाको सुधार नगर्ने हो भने यहाँका स्थानीयले यातायात सञ्चालनसमेत गर्न नपाउने तथा सडकसँगको सम्बन्ध नै टुट्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
पहिरोले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सिमानामा रहेको दुर्गम बस्ती केराबारी जाने बाटोसमेत भासिएको छ । उक्त सडकखण्डमा अहिले मोटरसाइकलसमेत जानसक्ने अवस्था छैन । स्थानीय तहको उपभोक्ता समितिले विनाप्राविधिक आफूखुशी स्काभेटरको प्रयोग गरी जथाभावी सडक खनेका कारणले पनि समस्या आएको बताइएको छ ।
शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा हुँदै सिन्धुपाल्चोक मेलम्ची जोड्ने सडकखण्डको अवस्था पनि निकै दयनीय छ । स्थानीय सरकारको बेवास्थाका कारण सो सडकखण्डको अहिलेसम्म उचित मर्मत हुन सकेको छैन ।
साना तथा ठूला सवारीसाधन गरी दिनहुँ सयौँ सङ्ख्यामा गुड्ने सवारीसाधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ । बस्ती र सडक जोखिममा परेको गुनासो पछि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ उक्त क्षेत्रमा अनुगमनका लागि पुगेका थिए । उनले स्थलगत निरीक्षणपछि उक्त बस्तीकोे भू–बनोट हेर्दा भूगर्वविद् ल्याएर अध्ययन गर्नुपर्ने रहेको जानकारी दिए । भूक्षय नियन्त्रण तथा पहिरो रोकथामका लागि तत्काल समन्वयन गरी थप क्षति हुन नदिन पहल गर्ने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...
