


चीनले बनाएको कोरोनाको खोप नेपालमा परिक्षण गर्ने अन्तिम तयारी


-
-
भदौ १५ गते, २०७७ - १०:०८

काठमाडौं । चीनले बनाएको कोरोना विरुद्दको खोपको परिक्षण नेपालमा गर्ने अन्तिम तयारी भएको छ ।
तेस्रो तथा अन्तिम क्लिनिकल परिक्षणका लागी चीनले नेपालसँग मागेको अनुमतिका आधारमा चिनियाँ लगानीमा संचालित होङ्सी सिमेन्टमा कार्यरत कर्मचारी तथा मजदुरहरुमाथि परिक्षणको तयारी भएको हो ।
होङ्सी सिमेन्टमा कार्यरत मजदुरहरुमा परिक्षणको अनुमति चीनले मागेबमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति प्रदान गर्ने अन्तिम तयारी गरेको हो ।
झण्डै ५ सय मजदुरमा परिक्षणका लागी चिनियाँ दुतावास हुँदै स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयमार्फत यस्तो अनुमति माग भएको बताइएको छ ।
नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म सिनोभ्याक्सु नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ।
परीक्षणअघि परिषदले गठन गरेको एथिकल कमिटीबाट कम्पनीले स्वीकृति लिनुपर्ने हुन्छ। परीक्षण गरिने औषधि कम्पनीले परीक्षण गरिने व्यक्तिमा कुनै प्रकारको जटिलता देखिए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ।
चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
- प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
- नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु