Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पीसीआर जाँच : भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

हेटौंडा । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो । ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए । त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आएको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए । त्यसको रिपोर्ट दुई दिनपछि आयो । नजिकै रहेको अत्तरिया शाखाका ११ कर्मचारीको स्वाबको रिपोर्ट आउन भने नौ दिन कुर्नुपर्‍यो । ‘बैंक अत्यावश्यक सेवाभित्र पर्छ । पैसा समात्नै पर्छ । भीडभाड भए पनि काम गर्नै पर्छ’, ग्लोबल आईएमईका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट भन्छन्, ‘तर, यसरी ढिला रिपोर्ट आएकाले कर्मचारी नौ दिनसम्म मानसिक तनावमा परे ।’

सानिमा, कृषि विकास, सिभिल बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा विभिन्न बैंकका थप १ सय ५ जनाले स्वाब दिए । तर, उनीहरूको रिपोर्टका लागि पनि पाँच दिन लाग्यो । ‘जनसम्पर्क बढी हुने कार्यालय भनेको बैंक हो ।

पैसाबाट पनि सर्छ भनेपछि बैंकका कर्मचारी त अझ जोखिममा हुने नै भए’, बैंकर्स क्लबका सुदूरपश्चिम अध्यक्ष धर्म विष्ट भन्छन्, ‘तर, स्वाब दिएको हप्ता दिनसम्म पनि रिपोर्ट नआउँदा कर्मचारीमा मानसिक तनाव देखिने गरेको छ ।’ फोनबाट नेगेटिभ भने पनि आधिकारिक रूपमा कसैको पनि रिपोर्ट दुई हप्तासम्म नआएको उनको भनाइ छ ।

सानिमा बैंकको फ्रन्ट डेस्कका एक जनामा भदौ २ गते कोरोना पुष्टि भयो । त्यसपछि शाखाका १२ जनाले त्यही दिन स्वाब दिए । तर, उनीहरूको पनि नौ दिनपछि मात्रै रिपोर्ट आयो । ‘हामीले सबै स्टाफलाई होटलमा बसाल्यौं । नौ दिनसम्म रिपार्ट आउँदैन’, सानिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मेखराज खड्का भन्छन्, ‘अफिसको काममा पनि प्रभाव परिरहेको छ । अझ कर्मचारीको मानसिक तनाव पनि उस्तै छ । पीसीआर जाँच र रिपोर्टको कुरा सिस्टममा भइरहेको छैन ।’

स्वाब दिँदा भरिने फारममा मोबाइल नम्बर हुने भएकाले त्यसमै एसएमएसबाट कोरोनाको रिपोर्ट आउने व्यवस्था गर्नुपर्ने उनको माग छ । ‘प्रविधिको जमानामा पनि पीसीआरको रिपोर्टिङ सिस्टम परम्परागत ढर्राकै लाग्यो’, उनी भन्छन् ।

तर, गृह जिल्ला डोटीको पीसीआर मेसिन उद्घाटन गर्न दिपायल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालयका चालकलाई केही दिनअघि कोरोना पुष्टि भयो। मुख्यमन्त्रीको दिपायल भ्रमणमा पनि ती चालक सचिवालयका व्यक्तिहरू बोकेर सँगै थिए ।

चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री, मुख्यमन्त्री कार्यालयका सचिवहरू, अरू कर्मचारी, निजी सचिवालय र परिवारका सदस्य गरी ४० जनाभन्दा बढीको पीसीआर गरियो । तर, स्वाब दिएको भोलिपल्टै उनीहरू सबैको रिपोर्ट आयो । रिपोर्टमा भने सबैको नेगेटिभ छ ।

‘मुख्यमन्त्री कार्यालयको रिपोर्ट दोस्रो दिन नै आइहाल्छ । अरूले नौ दिन पर्खिनुपर्छ । यो विभेद भयो’, बैंकर्स क्लबका अध्यक्ष विष्ट भन्छन् । पीसीआर अत्यावश्यक सेवाका लागि अलि छिटो गरिनुपर्ने उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख रामप्रसाद ओझा परीक्षणमा विभेद नभएको दाबी गर्छन् । ‘मुख्यमन्त्री कार्यालय प्रदेशकै अत्यावश्यक कार्यालय हो । त्यहाँ सुरक्षाकर्मी पनि हुन्छन्, धेरै काम रोकिएको हुन्छ’, ओझा भन्छन्, ‘त्यसैले पीसीआरको रिपोर्ट छिटो आएको होला ।’

उनी चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सुत्केरी हुन आएको महिला, मृत्यु भएका व्यक्तिजस्ता घटनाका स्वाबलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको बताउँछन् । बीचमा स्वाबका नमुनाको संख्या निकै बढेकाले पनि दुई हजार स्वाब डँडेलधुराको प्रयोगशालामा पठाएकाले ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

नेता र कर्मचारीको फटाफट

यता मकवानपुरको हेटौंडा–८ का एक युवाले पीसीआर परीक्षण गर्न भदौ ३ गते स्वाब दिए । त्यसको रिपोर्ट एक सातापछि भदौ १२ गते मात्र आयो । रिपोर्ट नआएसम्म उनी घर र बजार ओहोरदोहर गरिरहेका थिए । ‘मेरो रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा छु’, उनी भन्छन्, ‘छिट्टै रिपोर्ट आएको भए अरू धेरैसँग सम्पर्क हुने थिएन ।’

भदौ ९ गते स्वाब दिएकी हेटौंडा–४ की एक महिला पीसीआर रिपोर्टको प्रतीक्षामा छिन् । ६ दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा रहेकी उनी भन्छिन्, ‘रिपोर्ट नआउँदा काममा जान पनि पाएको छैन । अझै कति दिन लाग्ने हो थाहा छैन ।’

नेता र कर्मचारीलाई भने यो कुरा कमै मात्र लागू हुन्छ । बागमती प्रदेश प्रमुख कार्यालयका सचिवले स्वाब दिएको भोलिपल्ट नै रिपोर्ट आयो। उनको रिपोर्ट पोजिटिभ आएपछि परिवारका अन्य सदस्यको पनि त्यसै दिन स्वाब संकलन भयो र रिपोर्ट पनि त्यसै दिन आयो ।

प्रदेश सरकारका मन्त्रीहरू, हेटौंडामा रहेका प्रदेशसभा सदस्यहरू, प्रदेश सरकार सचिवहरू तथा अन्य कर्मचारी, व्यवसायीले पनि धमाधम पीसीआर परीक्षण गराएका छन् । तर उनीहरूले स्वाब दिएको बढीमा दुई दिनभित्र प्रयोगशालाले रिपोर्ट दिएको छ ।

प्रयोगशालामा नेता र प्रशासकले आफ्नो मान्छेको स्वाब छिटो परीक्षण गरी सार्वजनिक गर्न दबाब दिँदा अरूको परीक्षणमा ढिलाइ भएको हो। ‘स्वाबको रिपोर्ट छिटो सार्वजनिक गर्न मन्त्रीदेखि अधिकृतसम्मको फोन आउँछ । फोनमै अरु कुरा थाहा छैन फलानो रिर्पोट छिटो आउनुपर्छ भन्नुहुन्छ’, प्रयोगशालामा कार्यरत एक स्वास्थ्यकर्मी भन्छन् ।

प्रयोगशाला प्रमुख नारायण कार्की सात कर्मचारीका भरमा काम गर्नुपरेको गुनासो गर्छन् । ‘१८ घण्टा लगातार सञ्चालन गर्दा हामीसँग भएको प्रयोगशालाले २ सय ५० देखि तीन सयसम्म स्वाब परीक्षण गर्न सक्छ’, कार्की भन्छन्, ‘बढी स्वाब संकलन हुँदा केही ढिलाइ भएको हो । तर, अहिले सुधार भइसकेको छ ।’ स्वाब संकलन बढी भए भनेको समयमा रिपोर्ट दिन नसकिने उनको भनाइ छ ।

बागमती प्रदेशका विभिन्न प्रयोगशालामा आइतबारसम्म १५ सयभन्दा बढी स्वाब परीक्षण हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हेटौंडाको मात्र भदौ ९ देखि १४ गतेसम्मको करिब तीन सय स्वाबको रिपोर्ट आउन बाँकी रहेको हेटौंडा-४ स्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईं बताउँछन् ।

हेटौंडास्थित प्रयोगशालामा मकवानपुरसहित बागमती प्रदेशका विभिन्न जिल्ला र प्रदेश २ बाट संकलन गरिएको स्वाब परीक्षण गरिँदै आएको छ । प्रदेशअन्तर्गत हेटौंडासहित काभे्रको धुलिखेल र भरतपुरमा पीसीआर परीक्षण प्रयोगशाला छ । भएन कन्ट्याक्ट ट्रेसिङमकवानपुरमा आइतबारसम्म कोरोना पोजिटिभ देखिएका ५ सय ४ जनामध्ये १ सय ३३ जना होम आइसोलसनमा छन् । तर, पोजिटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन ।

‘मसँग सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङका लागि आग्रह गर्दा पनि वास्ता गरिएको छैन । अरूको हकमा पनि यस्तै छ’, कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली भन्छन्, ‘प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नगरेकाले निषेधाज्ञा गरेको दुई सातापछि पनि झन् कोरोना पोजिटिभको संख्या बढ्दै गएको हो ।’

सामाजिक विकास मन्त्रालयले भने कीट अभावका कारण नजिकको सम्पर्कमा आएकाहरूको मात्र पीसीआर परीक्षण गरिरहेको जनाएको छ । ‘पोजिटिभ देखिएका व्यक्तिसँग नजिक रहेका व्यक्तिबाहेक देखभेट गरेकाहरूलाई पीसीआर गर्न अनिवार्य छैन’, सामाजिक विकास मन्त्रालयका कोभिड- १९ प्रवक्ता पुरुषोत्तम सेढाईं भन्छन्, ‘सीमित कीटका कारण पनि पीसीआरको दायरा बढाउन समस्या भएको हो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies