Khabar Dabali Logo
  September 20, Sun

प्रहरीमा जुनियरमाथि कारबाही, सिनियरलाई उन्मुक्ति

जवानद्वय थुनामा, डिएसपीको सरुवा मात्रै

काठमाडौं । तीन जघन्य अपराधका घटनास्थल फरक छन् र अभियुक्त पनि फरक नै । तर, तीनै घटनामा संलग्न अभियुक्त प्रहरी छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जो महानगरीय प्रहरी परिसर काठमाडौंमातहत कार्यरत थिए । यसमा अर्को एउटा समानता छ– जुनियर कारबाहीमा परेका छन् र सिनियर उम्किएका छन् । त्यसो त नेपाल प्रहरीको तथ्यांकमा देशभरमै माथिल्लो दर्जाका प्रहरीविरुद्ध कारबाहीका उदाहरण कम छन्न्।

तर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायत अपराधमा संलग्न जो–कोहीविरुद्ध पनि संगठनले कारबाही गरेको बताउँछन् । उनी भन्छन्, ‘अपराधमा संलग्न व्यक्ति कुन दर्जाका हुन् भनेर हेरिन्न । अपराधको भोल्युम कस्तो भन्ने कुरा संगठनले हेर्छ र सोहीअनुसार कारबाही गर्छ । नेपाल प्रहरीमा आइजिपी समेत कारबाहीमा परेका छन् । त्यस आधारमा अन्य दर्जाका प्रहरी कर्मचारी उम्कने भन्ने त सवालै हुँदैन ।’

तर, तथ्यांकले अर्कै भन्छ । तीन वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका जम्मा एक सय १२ जना मात्रै कारबाहीमा परेका छन् । जसमध्ये प्रहरी निरीक्षक ८१, डिएसपी १७, एसपी आठ र एसएसपी ६ छन् । यस अवधिमा डिआइजी र एआइजीविरुद्ध भने कारबाही भएको छैन ।

केन्द्रीय तथ्यांकअनुसार तीन वर्षको अवधिमा अधिकृतभन्दा तल्लो तहका ६ हजार ७१ प्रहरी कर्मचारीविरुद्ध कारबाही भएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी जवान छन् । यस अवधिमा चार हजार एक सय ३५ जवानविरुद्ध कारबाही भएको छ । कारबाहीमा पर्नेमा त्यसपछि हवल्दारको संख्या धेरै छ । यस अवधिमा एक हजार एक सय ९९ हवल्दार कारबाहीमा परेका छन् । त्यस्तै, चार सय ६५ असइ र दुई सय ७२ सइ कारबाहीमा परेका छन् ।

तर, प्रहरी प्रवक्ता एसएसपी कडायत संगठनमा रहेको कुल संख्यामध्ये ८० प्रतिशत जवान र हवल्दारको संख्या भएका कारण कारबाहीको संख्या धेरै देखिएको बताउँछन् । ‘नेपाल प्रहरीमा सबैभन्दा धेरै जवान र हवल्दारको संख्या छ ।

त्यसपछि जुनियर अधिकृतहरूको हो । यस आधारमा कारबाहीको दर सोही दर्जाका कर्मचारीमा धेरै देखिनु स्वाभाविक हो । अधिकृतको संख्या कम छ । सोही कारण कारबाहीको दर सिपाही, हवल्दारको तुलनामा कम देखिन्छ,’ उनले भने ।

सीमित स्रोत–साधनले महत्वाकांक्षा धान्नै सक्दैन, अनि प्रहरी अपराधमा लाग्छन् : हेमन्त मल्ल ठकुरी, पूर्व डिआइजी
प्रहरी कर्मचारी आफै जघन्य अपराधमा संलग्न हुुनु गम्भीर हो । यसो हुनुमा दुई–तीनवटा कारण छन् । पहिलो कमान्डर यसको जिम्मेवार हो, जसले सही कर्मचारी पहिचान गर्न सक्दैन । अर्को मातहतका कर्मचारीलाई कमान्ड गर्न नसक्नु हो । यसबाहेक अर्को कारण राजनीतिक सोर्सका आधारमा सरुवा भएका प्रहरी कर्मचारी हुन् ।

विशेषगरी यस्ता समस्या नाका तथा सुविधायुक्त ठाउँमा धेरै देखिन्छन् । काठमाडौं प्रहरीमा देखिएको समस्या यस्तै मनोदशाबाट प्रेरित भएको हुन सक्छ । भौतिक सुविधालाई मात्रै प्रगतिको मानक ठान्ने सामाजिक मनोविज्ञानका कारण पनि तल्लो तहका प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गर्छन् । तल्लो तहका प्रहरी कर्मचारीको सेवा–सुविधा सीमित छ । तर, उनीहरूमा महत्वाकांक्षा ठूलो छ ।

सामाजिक चेतकै कारण मानिसमा यस्तो मनोविज्ञान बन्ने हो । ती महत्वाकांक्षा सीमित स्रोत–साधनले धान्नै सक्दैन । त्यसो हुँदा उनीहरू अपराध कर्ममा लाग्छन् । यसको अर्थ माथिल्लो दर्जाकाबाट अपराध नै नहुने भन्ने होइन ।

ूला–ठूला भ्रष्टाचारका घटना त पढे–लेखेकाबाटै भएका उदाहरण हामीमाझ छ । कारबाहीमा जुनियर धेरै देखिनुको कारण संगठनमा रहेको संख्याको अनुपात हो । तर, दोषी पाइए सानो–ठूलो भन्न पाइँदैन, कारबाहीको दायरामा ल्याउनुपर्छ ।

भदौ १५ गते, २०७७ - ०६:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी विद्यालय : अनलाइन कक्षाका नाममा विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

जिम्मेवार निकाय स्थानीय सरकार बेखबर काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा...   

भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

काठमाडौं। सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका...   

संक्रमित भन्दा निको हुने बढी

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको...   

नेपालसँगको व्यापारमा चीन असहयोगी

काठमाडौं । नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी...   

क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत भेटिए

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्...   

कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी...   

सिराहा कारागारमा संक्रमितको संख्या पाँच सय पुग्यो, कैदीबन्दी भन्छन्, ‘कोरोना जित्न पोषिलो खाना चाहियो’

सिरहा। जिल्ला सदरमुकाम सिराहास्थित सिराहा कारागारमा रहेका पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिकामध्ये...   
अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँमाथि

६ महिनादेखिको लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो भएपछि उपभोक्ता दोहोरो मारमा काठमाडौं...   

३६ हजार लिटर पेट्रोलमा साढे नौ हजार लिटर मट्टीतेल र केमिकल मिसावट

चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा काठमाडौं । नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको...   

कर्मचारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : तीव्र विकासको बाहक बन्न कुन तत्वले अवरोध खडा गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top