Khabar Dabali Logo
  January 20, Wed

पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, १ को मृत्यु

पोर्टल्यान्ड । संयुक्तराज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो ।

आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए । तर त्यसको विरोधमा “ब्लाक लाइभ्स म्याटर” नामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो ।

प्रहरीले साँझ ८.३० बजे ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको छ ।

एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् । प्रहरीको चिकित्सा टोलीले घाइतेहरुको उपचार गरेको र तिनीहरु गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन् ।

घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको पनि ती पत्रकारले जनाएका छन् । यो समूह अतिवादी गोरा समूदायका रुपमा चिनिन्छ । यो समूहका सदस्य र अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको छ ।

प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीय प्रहरी एवं संघीय निकायहरुले घटनाको सूक्ष्म अध्ययन थालेका छन् ।

मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेत आन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरु गरिरहेका छन् । यी प्रदर्शनहरु शुरुमा शान्तिपूर्ण रहेपनि रातिपख हिंसात्मक हुने गरेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिन राज्यको किनोशामा हिंसा जारी रहेपनि स्थानीय वस्तुस्थिति बुझ्न उक्त शहरको मंगलबार भ्रमण गर्ने भएका छन् ।

निर्दोश देखिएका एक अश्वेत व्यक्ति ज्याकोब ब्लेकमाथि स्थानीय प्रहरीले सात राउन्ड गोली प्रहार गरेपछि किनोशामा हिंसा भड्किएको छ ।

भदौ १४ गते, २०७७ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top