Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कडा कारवाही

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुव्र्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही हुने बताए । “स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापि सहन गर्न सकिदैन”, उनले भने, “यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।”

कोभिड–१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भै रहेको दुव्र्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो । उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आफुहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।

कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पिपिईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफु तयार रहेको उनको भनाइ थियो ।

मानव अधिकारका लागि एक महिला संस्थाका संस्थापक अध्यक्ष लिलि थापाले स्वास्थ्यकमीमाथि भएको दुव्र्यवहार निन्दनीय भएको उल्लेख गरे । शहीद गङ्गालाल अस्पतालका डा नृपेश अधिकारी, सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जन र बी एण्ड बी अस्पतालका मेडिकल अधिकृत डा आकृति जोशीले चिकित्सकले पछिल्लो समयमा समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरेको र घरबेटीले घरमा नबस्न भनेको अनुभव सुनाइन् । नेपाल नर्सिङ सङ्घका उपाध्यक्ष मीना बानियाँले अग्रपक्तिमा रहेर काम गर्ने स्वस्थ्यकर्मीको बीमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता गरिरहेको जानकारी दिइन् ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोनाकाल बिताउन अभिशप्त भएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान र प्रेरणा मिलोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies