Khabar Dabali Logo
  September 24, Thu

कोरोनाबाट विश्वभरी दुई करोड ५० लाखभन्दा बढी सङ्क्रमित, यी हुन् सर्वाधिक प्रभावित हुने देश

मेरिल्याण्ड । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ ।

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो ।

कुल सङ्क्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । सिन्ह्वा

भदौ १४ गते, २०७७ - १६:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक...   

नदीनाला बहाव बढ्दै : गएको दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

काठमाडाै‌ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन...   

भूकम्पपीडितबाट घुस लिने प्राविधिक खतिवडालाई जागिरबाट निकाला

ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको...   

अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण प्रभावित अपाङ्गता...   

कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु, निको हुनेको कुल संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   
काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौं । बिहिबार काठमाडौंमा सबैभन्दा धेरै ६०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

बिहिबार १४९७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार ४३७

काठमाडौं । बिहिबार देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा...   

विदेशबाट उद्धार गरी ल्याएका नागरिक राख्न तयार पारेको होल्डिङ सेल्टर बन्द

भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली...   

नाङ्गो अवस्थामा मृत भेटिइन् बझाङमा १२ वर्षीया बालिका

बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top