Khabar Dabali Logo
  January 27, Wed

‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ ।

विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आज भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो । सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न आजको बैठकले एक समिति गठन गरेको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेका छन् । प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

समितिले इकमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिए । डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ०५ देखि बेलुकी ९ बजेसम्म निर्वाधरुपमा सञ्चालन गर्न दिन तथा सेवामा खटिएका कर्मचारीलाई घर र कार्यालय आवातजावतमा गर्न दिन स्थानीय प्रशासनसँग माग गरे ।

उनले डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताए । स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी सबैभन्दा सुरक्षित रहेको उनीहरुको तर्कछ ।

भदौ १४ गते, २०७७ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित...   

१४७ थान अवैध सालको काठसहित १२ जना पक्राउ

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट...   

लमानमा आँखा र कानको निःशुल्क शिविर

लहान । स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच...   

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर...   

कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका...   

कोटेश्वर–जडीबुटी सवारी चाप कम गर्न विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण...   

बाढी पहिरोमा क्षति पुगेको बागलुङका ५९० घर पुनःनिर्माण गरिने

गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने...   

प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना...   

खुँडा प्रहार गरेर २७ वर्षीय युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७...   

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top