Khabar Dabali Logo
  January 27, Wed

बेँसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सो माग गरिएको हो ।

पुस्तुनमा जन्मी राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित घिमिरेका नामबाट बेँसीशहर–चामे सडकको नाम राख्न सकेमा उनको योगदान र जन्मथलोप्रति सम्मान जनाइएको छ ।

पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरे, सोही गाउँपािलका वडा नम्बर ६ का वडाध्यक्ष लीलाप्रसाद घले, घिमिरे समाजका संस्थापक अध्यक्ष भक्तबहादुर घिमिरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे उद्यान निर्माण समितिका अध्यक्ष चन्द्रकान्त घिमिरे, बाघेता युनाइटेड क्लबका अध्यक्ष विष्णु गुरुङलगायत समाजसेवी, जनप्रतिनिधि, स्थानीयवासीलगायतले सो माग गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ तथा लमजुङका जनप्रतिनिधि र सरोकार निकायसँंग सल्लाह र समन्वय गरी सोका लागि पहल गरिने बताए ।

कार्यक्रममा राष्ट्रकविको तस्वीरमा सहभागीले फूल, अबीर र माला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । विक्रम संवत् १९७६ असोज ७ गते हालको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मिएका उनको यही भदौ २ गते काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षका उमेरमा निधन भएको थियो ।

उनका नवमञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक, साझा पुरस्कार २०५४), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, साझा पुरस्कार २०५८), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायत कृति प्रकाशित छन् । घिमिरेले २०६७ सालमा पद्मश्री साधना सम्मानसमेत प्राप्त गरेका थिए । घिमिरेलाई विसं २०६० मा ८५ वर्षका उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । उनलाई २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवीसमेत प्रदान गरिएको थियो ।

उनका ‘गाउँछ गीत नेपाली..’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..’ साथै तारादेवीले गाएको’ मनको बाँध’ चलचित्रको’ फूलको थुँगा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत चर्चित छन् ।

भदौ १४ गते, २०७७ - १५:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित...   

१४७ थान अवैध सालको काठसहित १२ जना पक्राउ

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट...   

लमानमा आँखा र कानको निःशुल्क शिविर

लहान । स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच...   

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर...   

कागजात नभएका ९ व्यावसायिक फर्मलाई कारवाही

चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका...   

कोटेश्वर–जडीबुटी सवारी चाप कम गर्न विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण...   

बाढी पहिरोमा क्षति पुगेको बागलुङका ५९० घर पुनःनिर्माण गरिने

गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने...   

प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना...   

खुँडा प्रहार गरेर २७ वर्षीय युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७...   

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top