Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भरतपुरमा २२ हजार फलफूलको बिरुवा वृक्षारोपण

चितवन । चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ गु्रपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताए । उनले भने टोलभित्र आवश्यक पर्ने बिरुवाको घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेका छौँ । “फलफूलका बिरुवा रोप्न सबैले साथ दिएका छन्, उनले भने, “केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उनका अनुसार माग फारममार्फत टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत वर्ष मात्रै महानगर सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

वाग्मती प्रदेशका सांसद विजय सुवेदीले यस वर्ष कोरोनाको प्रभावका बीच पनि आवश्यक मात्रामा फलफूलका बिरुवा रोपिएको जानकारी दिए । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडि बढेको छ”, सुवेदीले भने “यसपालि छुट्टै बजेट नभए पनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र वन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरे पनि यसपालि सो बजेट परेको छैन । गत वर्ष प्रदेशले रु ५० लाख बराबर बजेट विनियोजन गरेको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका बिरुवालाई संरक्षण गरिने बताए । हरेक वडाका हरेक दुई टोललाई नमूना टोलका रूपमा छनोट गरी ‘एक टोल–एक बिरुवा चिनारी’ हुने उनको भनाइ छ । महानगरका वडा कार्यालयमार्फत स्थानीयवासीलाई बिरुवा बाँडिएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies