Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सानो लापरवाहीले गर्दा मध्यपुरथिमि बोडेमा एकै घरका १४ जनामा कोरोना पुष्टि

भक्तपुर । रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो ।

सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन् । भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसीआर परीक्षण गरियो । उनीहरुको रिपोर्ट पनि पोजेटिभ आयो । भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन् । बुबालाई कोरोना सङ्क्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा रु पाँच हजार ५०० तिरेर उनले पनि १० गते पिसीआर गरे । ११ गते सुत्केरीमा पनि सङ्क्रमण देखियो । परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसीआर गरियो । अन्ततः परिवारका सबैमा कोरोना सङ्क्रमण देखियो । उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्थामा पु¥र्यायो । “बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो । साधारण रुघा, ज्वरो होला भनेर घरमै बसियो, कम नभएपछि कोरोना परीक्षण गराउँदा तीन दिनमा रिपोर्ट आयो । लक्षण देखेर रिपोर्ट आउने बेलासम्ममा घरमा बसेको एक साता भइसकेको थियो । त्यसपछि बल्ल उहाँलाई उपचारका लागि पाटन अस्पताल लगियो,” परिवारका एक सदस्य भने ।

जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीँ नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए । सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ ।

एकबाट १४ जनामा सङ्क्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो । वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ । “एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र ? अब के गर्ने ? कहाँ जाने ? त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर एम्बुलेन्स चढ्यौँ”, परिवारका एक महिलाले भने ।

एम्बुलेन्स विद्युत् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओर्लियो । यसपछि स्वाथ्यकर्मीलाई तनाव भयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताए ।

स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्रमितका परिवार झन् पीडामा पुगे । गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो । अन्तत ः शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिए । उनले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताए । बोडेका सङ्क्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ ।

आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए । सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उनले जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले जनप्रतिनिधि र स्थानीयवासीको गलत नियत नभएको दाबी गरे । उनले भने, “सुत्केरी र बालबालिका भएकाले एउटै टहरामा एउटै भान्छा, एउटै शौचालयले थप समस्या पार्न सक्छ भनेर आइसोलेसनमा पठाउने व्यवस्था गरेका हौँ, तर निकाल्यो भनेर हल्ला गरेछन्, अहिले हामीले नै उनीहरुलाई सहयोग गरिरहेका छौँ ।”

भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । उनका अनुसार सङ्क्रमित परिवार होमआइसोलेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचालय प्रयोग गर्दा परिवारमा सङ्क्रमण फैलिएको पाइएको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies