Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

शतप्रतिशत नवीकरणीय ऊर्जाको उपयोगमा जोड

काठमाडौँ । नेपालमा नवीकरणीय ऊर्जा प्रविधि (सौर्य, वायोमास र वायु) को प्रशस्त सम्भावना रहेकाले विदेशबाट आयातित जैविक इन्धनलाई प्रतिस्थापन गरी हरित गृह ग्यास उत्सर्जनमा निर्भरता कम गर्न सकिने विज्ञहरुले बताएका छन् । राष्ट्रिय प्रशारण वा अन्य नवीकरणीय ऊर्जाबाट एकीकृत स्मार्ट ग्रिड वा ऊर्जा भण्डारणको प्रविधिमार्फत माग र आपूर्तिलाई सन्तुलित गरी भरपर्दो ऊर्जा प्रणालीको विकास गर्न सकिएमा ऊर्जा सुरक्षा र आत्मनिर्भर हुन सकिने आज यहाँ आयोजित वेबिनारमा विज्ञहरुको धारणा रहेको थियो ।

काठमाडौँ विश्वविद्यालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा हाल १३ सय मेगावाट विद्युत् उत्पादन भएको र तीन वर्षभित्र झण्डै तीन हजार मेगावाट उत्पादन हुन गइरहेको, सौर्य तथा वायु ऊर्जाका ठूला आयोजनाहरु पनि सञ्चालन हुन गइरहेका तथा संस्थागत र व्यापारिक प्रयोजनका ठूला क्षमताका वायोग्यास प्लान्टहरु पनि धमाधम निर्माण भइरहेकाले विस्तारै नेपालले नवीकरणीय ऊर्जाबाटै ऊर्जाको समपूर्ण आवश्यकता परिपूर्ति गर्नसक्ने बताइएको छ । विद्युत्लाई बत्ती बाल्न मात्र नभई अन्य आर्थिक क्रियाकलापहरुमा पनि उपयोग गर्दा आयातित इन्धनको खपतलाई घटाउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने भएकाले सरकार, विकास साझेदार र निजी क्षेत्रको सामूहिक प्रयासको खाँचो रहेको उनीहरुको भनाइ छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले १५ औं पञ्चवर्षीय योजनामा नेपालमा विकास गर्न नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरु राखिएको र त्यसको कार्यान्वयनबाट मुलुक पूर्णरुपमा विद्युत्मा आत्मनिर्भर बन्नसक्ने र छिमेकी मुलुकमा पनि बिजुली निर्यात गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले खाना पकाउन आयातित एलपी ग्यास र परम्परागत दाउरा, गुइँठाको खपत कम गर्न बिजुली, वायोग्यास र सुधारिएको चुलोको प्रयोगमा जोड दिइएको बताए ।

पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने धारणा राखे । अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिक प्रा एन्ड्रयू ब्लाकरले विश्वका अधिकांश देशहरु अहिले नवीकरणीय ऊर्जाको विकास र विस्तारमा लागिरहेकाले नेपालले पनि जैविक तथा परम्परागत इन्धनको निर्भरताको अन्त्य गरी यहाँ उपलब्ध सौर्य, वायु तथा वायोमासजस्ता नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमा लाग्न सुझाव दिए ।

ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले नवीकरणीय ऊर्जा स्वच्छ र दिगो ऊर्जा स्रोत भएकाले वातावरण र जनस्वास्थ्यको साथै लागतको हिसाबले पनि अन्य ऊर्जा स्रोतभन्दा निकै सस्तो पर्ने भएकाले यसको विकासमा जोड दिनु आवश्यक रहेको बताए । केन्द्रका पूर्व कार्यकारी निर्देशक डा नारायण चौलागाईंले नवीकरणीय ऊर्जा प्रविधिको उपयोगका लागि सरकार र विकास साझेदारहरू मिलेर काम गरिरहेको उललेख गरे ।

सो अवसरमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवोध शर्मा र प्राडा सुनील लोहानी, केन्द्रका डा लक्ष्मणप्रसाद घिमिरे र नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका पूर्व अध्यक्ष नवीन भुजेलले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा भइरहेको प्रगति र समस्याहरुका बारेमा प्रकाश पारेका थिए । परिसङ्घका अध्यक्ष गुणराज ढकालले सबैको लागि आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्र र दातृ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies