Khabar Dabali Logo
  January 15, Fri

भद्रपुरमा सञ्चालित कोरोना अस्पताल अब नयाँ भवनमा

झापा । मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ । पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । उनले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना सङ्क्रमितलाई नयाँ भवनमा सारेर सेवा शुरु गरिने जानकारी दिए ।

नयाँ भवनमा सङ्क्रमितको उपचारका लागि ८० श्ययाको व्यवस्था गरिएको छ । पुरानो भवनमा १२ श्ययाको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार शुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पिसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ ।

मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताए ।

कनकाइको पिसीआर छिट्टै

झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका–२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला छिटो सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाइएको छ ।

मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको एकका लागि एक नामक अभियानबाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो । परीक्षण सफल भएपश्चात अभियानले प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।

भदौ १४ गते, २०७७ - १२:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...   

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...   

पाइपलाइनमा समस्या छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...   

फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल

वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...   

मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...   

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...   

रेलमार्ग विस्तारमा अवरोध

विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...   

ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...   

प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए

बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...   
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top