Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जनता आवास कार्यक्रमः ३३३ विपन्न तथा दलित परिवारका नयाँ घर

डोटी । जिल्लामा सञ्चालन भइरहेको आवास कार्यक्रमले जिल्लाका ३३३ दलित तथा विपन्न परिवारका नयाँ घर निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले घरबार नभएका सयौँ दलित समुदायका घर निर्माण गर्न थालेपछि यहाँका दलित समुदाय निकै खुशी भएका छन् ।

जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सवइञ्जीनियर योगेन्द्र दाहालले बताए । उनले भने, “जग्गा भएका तर घर बनाउने रकम नभएर बसेका नागरिकलाई प्रदेश सरकारको आर्थिक सहयोगमा जनता आवास कार्यक्रमले निःशुल्क घर बनाउन थालेको छ, यसबाट गर्दा विपन्न समुदायले नयाँ घरमा बस्न पाउन थालेका छन् ।”

उक्त कार्यक्रम लागू भएर निःशुल्क घर निर्माण हुन थालेपछि यहाँका विपन्न वर्गहरु निकै खुशी भएका दिपायल सिलगढी नगरपालिका–५ घोलतडाका स्थानीय किरण भण्डारीले बताए । उनले भने, “घर नभएर समस्यामा परेका दलितसहित अन्य आर्थिक स्थिति कमजोर भएका परिवारलाई प्रदेश सरकारको जनता आवासले घर बनाउन थालेको छ, जसले गर्दा घर नभएकाले नयाँ घरमा बस्न पाउन थालेका छन् ।” उक्त कार्यक्रमले श्रमदानबाहेक कूल रु तीन लाखमा एकतले जस्ताले छाएको दुईकोठे भवन निर्माण गर्न थालेको हो । प्रदेश सरकारको जनता आवास कार्यक्रमले निर्माण गरेका सबै घर भूकम्प प्रतिरोधात्मक भएको शहरी विकास तथा भवन निर्माण कार्यालय दिपायल राजपुरका सब–इञ्जीनियर दाहालले जानकारी दिए ।

विगतमा आफूसँग भएका जीर्ण अवस्थाका घरमा बस्नु पर्दा पानी पर्दा चुहिने तथा भत्किने डरले अर्काको घरमा शरण लिन जानुपर्ने बाध्यता भएको दिपायल सिलगढी नगरपालिका–५ घोलतडामा जनता आवासले बनाएको नयाँ घर पाएका स्थानीयवासी बहादुरे कोलीले बताए । उनले भने, “विगतमा आफूसँग राम्रो घर नहुँदा पानी पर्दा घर चुहिएर कहिले रातभरि जाग्राम बस्नुपर्ने हुन्थ्यो त कहिले पहिराको डरले अर्काको घरमा शरण लिनुपथ्र्यो, सरकारले घर बनाइदियो, अहिले राम्रो भएको छ ।” भवन निर्माणसँगै उक्त कार्यक्रमले शौचालयसमेत निर्माण गरेको छ ।

सरकारले विपन्न परिवारलाई घरसहित शौचालयसमेत निर्माण गरिदिएपछि जिल्लामा खुला दिसामुक्त क्षेत्र भएको छ । यहाँको स्थानीय सरकारले खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिरहे पनि गर्न सकेको थिएन । अहिले जनता आवासले सबैका घरमा शौचालय निर्माण गरेपछि स्वतःरूपमा खुला दिसामुक्त भएको दिपायल राजपुरका स्थानीयवासी हरिश कठायतले बताए । उनले भने, “हाम्रो जिल्ला कागजमा खुला दिसामुक्त थियो तर व्यवहारमा थिएन अहिले जनता आवासले शौचालय बनाउन थालेपछि खुला दिसामुक्त आफैँ हुँदैछ ।”

आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले विसं २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालादेखि जनता आवास कार्यक्रम शुरु भएको थियो । पहिलोपटक सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम शुरुआत गरिएको भए पनि अहिले सुदूरपश्चिम प्रदेश सरकारले विपन्न तथा दलित परिवारका आवास निर्माण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम लागू गरेको बताइएको छ । ‘जनता आवास कार्यक्रम’ सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमले जिल्लामा कम्तीमा पनि एक हजार घर निर्माण गर्ने योजना बनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies