


धादिङका कृषक कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा


-
-
भदौ १४ गते, २०७७ - १०:२९

धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिएका छन् ।
एक महिनाअघिदेखि युरिया नामक रासायनिक मल अभाव खेपिरहेका किसान मल लिनका लागि सहकारीले मल वितरण गर्ने क्षेत्र अगाडि भीड लागेका थिए । कोरोना भाइरसको जोखिमको समय भएको बेला भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल बिक्री गरिएको थियो ।
एकै स्थानमा धेरै मानिस भीडभाड गर्दा कोरोना सर्छ भन्ने डर भए पनि किसान धान फलाउने अभिलाषाले कोरोनाको डर नमानी मल लिन आएका थिए । मास्क नलगाई लाइनमा तीन÷चार घण्टा बसेका किसानले एक बोरा मल तीन जना किसानका लागि पाएपछि किसान मल लिएर घर फर्किएका छन् ।
मल लिन आएका आधाजसो किसानले मल नपाएपछि रित्तै घर फर्किन बाध्य भएको गुनासो गरेका छन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिस भीडभाड गरेर मल वितरण गरिएको भए पनि अत्यावश्यक किसानसम्म रासायनिक मल नपुगेको किसानको गुनासो छ । सीमित मात्रामा मल आएका कारण कतिपय किसान खाली हात फर्कनुपरेको थियो ।
प्रत्येक वर्ष खेतीपातीको याममा किसानले मलको अभाव खेप्दै आइरहेका छन् । धादिङमा यही अवधिमा तीन हजार ९०० मेट्रिक टन मल आवश्यक रहेको नेपाल खाद्य संस्थान गजुरीले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...
