Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

निषेधाज्ञाको मारमा व्यवसायी : व्यवसायी भन्छन् निषेधाज्ञा नै अन्तिम विकल्प हो त ?

वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो ।

बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो । कोरोना सङ्क्रमणको त्रासले व्यवसाय बन्दाबन्दीको पुरानै स्थितितिर फर्कियो । भोलि सोमबार बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको दुई साता पुग्दैछ । यस बीचमा बागलुङ नगर क्षेत्रमा कोरोना सङ्क्रमित थपिएका छन् । समुदायमा सङ्क्रमण फैलनबाट रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ७–९ बजेको समय छुट्याइएको छ । बाँकी समय बजार ठप्प छ । आवातजावतमा समेत रोक लगाइएको छ ।

निषेधाज्ञाकै बीच कोरोना सङ्क्रमण पूरै नियन्त्रणमा आउने छाँटकाँट छैन । नयाँनयाँ सङ्क्रमति थपिँदै जाँदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने स्थिति हुन्छ । त्यसबाट नयाँ सङ्क्रमित पत्ता लाग्ने सम्भावना उत्तिकै हुन्छ । यो चक्र लामो सयमसम्म चल्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न उब्जेको छ ।

बजार बन्द हुँदा काम गरी खाने वर्ग र व्यवसायी चर्को मारमा छन् । महामारीबाट बच्न निश्चित समयलाई ‘सटर’ बन्द गर्न तयार व्यवसायी यही अवस्था लम्बिँदै गएमा विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराएर बजार खोल्नुपर्ने धारणा व्यवसायीको छ ।

“निषेधाज्ञा जारी भएको पनि दुई साता पुग्दैछ, अब लामो समयसम्म बजार बन्द गर्न सम्भव छैन, नयाँ विकल्पमा जानुपर्छ”, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भने । उनले मापदण्ड र सुरक्षाका सबै उपाय अपनाउन व्यवसायी तयार रहेको उल्लेख गरे । “जिल्ला प्रशासन कार्यालयबाट पनि मापदण्ड बनाएर ल्याउन अनुरोध आएको छ, अबको बैठकमा त्यो विषय हामी राख्छौँ”, उनले भने, “बरु नयाँ विधि बनाएर व्यवसाय सञ्चालन गर्नुपर्छ, भाडामा व्यवसाय गर्नेहरु सबैभन्दा ठूलो समस्यामा छन् ।”

अध्यक्ष राजभण्डारीले किराना, फेन्सीलगायतका पसल आलापालो गरेर पनि सञ्चालन गर्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने निषेधाज्ञा थपघटबारे अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताए । “सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने, स्वाब सङ्कलन गर्ने काम भइरहेको छ, थप रिपोर्टहरु कस्तो आउँछ”, प्रजिअ न्यौपानले भने, “केही दिन अझै बाँकी छ, परिस्थिति हेरेर निषेधाज्ञाबारे थप निर्णय हुन्छ, अहिले यसै भन्न सकिन्न ।” यसअघि बडिगाड गाउँपालिकामा पनि एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा सङ्क्रमण नदेखिएपछि गत ७ गतेदेखि निषेधाज्ञा हटाइएको थियो । यस्तै काठेखोला गाउँपालिका कार्यालय पनि बिहीबारदेखि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये २६१ निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोनाका सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies