Khabar Dabali Logo
  September 28, Mon

चोरीमा संलग्न एक दम्पती पोखराबाट पक्राउ

कास्की । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। लामिछानेले वाइरिङको काम गर्दै आएका थिए ।

प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको दुईतले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकरलगायतका भाँडा, लत्ताकपडा र रु एक लाख ९५ हजार ५५० चोरी गरेका थिए । घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवत्ता हमालले बताए ।

भदौ १४ गते, २०७७ - १०:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडा सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको...   

दशैँंलाई लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी...   
उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका...   

सोमबार थप १३५१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु...   
देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन...   

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । ती कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य...   

काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

बाकु । आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५...   

भरतपुर अस्पतालमा कोारोना सङ्क्रमितको बिरामी घटे

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित...   

चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना पुष्टि

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top