


२० करोडको स्वदेशी स्यानिटाइजर खपत


-
-
भदौ १४ गते, २०७७ - ०७:४६

काठमाडौं । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँ बराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ । उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ । ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने ।
केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन् । बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु गर्यो । बजारको मागभन्दा चार गुणा बढी उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक महेशकुमार जजुको दाबी छ । वार्षिक उत्पादन १ हजार २ सय मेट्रिक टन छ । उनले उद्योगले निर्यातका लागि अनुमति माग गरेको सुनाए ।
फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ । उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ । महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ । साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन् । गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए ।
साउनमा ७ करोड ७२ लाख ७० हजार रुपैयाँको फेस मास्क आयात गरिएको विभागले जनाएको छ । तथ्यांकअनुसार साउनमा १६ मुलुकबाट मास्क आयात गरिएको छ । त्यसमा सबैभन्दा धेरै चीनबाट ७ करोड १२ लाख २२ हजार रुपैयाँको ५२ हजार ५ सय ५६ थान मास्क आयात गरिएको छ । यसबाट १ करोड ५१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
भारतबाट ५१ लाख ३२ हजार रुपैयाँका १० लाख ८८ हजार २ सय ८२ थान मास्क ल्याइएको छ । यसबाट १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जेठ १५ देखि असारसम्म ३५ करोड ८० लाख रुपैयाँको फेस मास्क आयात भएको थियो । त्यसपछि साउन मसान्तसम्ममा बढेर ४३ करोड ५२ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
विभिन्न मुलुकबाट साउनमा मात्रै १२ करोड २४ लाख १९ हजार रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको छ । विभागको तथ्यांकअनुसार सो मूल्यमा २ लाख ८८ हजार ९ सय ३३ किलो स्यानिटाइजर भित्र्ययाइएको हो ।
साउनमा भारतबाट सबैभन्दा बढी ७ करोड ७५ लाख २८ हजार रुपैयाँबराबरको २ लाख ५ हजार ९ सय ५९ किलो स्यानिटाइजर आयात भएको छ । चीनबाट ३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको ६१ हजार ५ सय ३२ किलो स्यानिटाइजर आयात भएको छ ।
यसबाहेक जापान, कोरिया, न्युजिल्यान्ड, यूएई र भियतनामबाट पनि स्यानिटाइजर आयात गरिएको छ । जेठ १५ देखि असार मसान्तसम्म २९ करोड ५० लाख रुपैयाँबराबरको स्यानिटाइजर आयात भएको थियो ।
अन्य डिसइन्फेक्सनका सामग्री साउनमा ५ करोड ६७ हजार रुपैयाँ बराबरको आयात गरिएको छ । चीन, भारत, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट यस्ते सामान आयात भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...
