


क्वारेन्टिनमा बस्न आग्रह गर्दा श्रीमानले आगो लगाएकी युवतीको अवस्था गम्भीर


-
-
भदौ १४ गते, २०७७ - ०६:२०

सप्तरी । भारतबाट फर्केकाले क्वारेन्टिनमा बस्न आग्रह गर्दा श्रीमानले मट्टीतेल छर्केर आगो लगाउँदा जलेकी सप्तरीकी युवतीको अवस्था गम्भीर बनेको छ । उनको लहानमा उपचार हुन नसकेपछि शनिबार काठमाडौं लगिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सप्तरी सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई उनका पति २९ वर्षीय दीपेन सदाले मट्टीतेल छर्केर आगो लगाएका थिए । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सामान्य उपचार गराएपछि घरमा बस्दै आएकी वसन्तीको अवस्था गम्भीर बनेको हो ।
लहान र विराटनगरमा उपचार हुन नसकेपछि सुरुंगा नगरपालिकाले उनलाई शनिबार एम्बुलेन्समा काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ट बर्न सेन्टरमा पठाएको छ । उनका आमाबुबा मनभरन र सोनावती सदा पनि सँगै गएका छन् ।
दीपेन ४ साउनमा भारतको पन्जाबबाट घर फर्केका थिए । उनलाई वसन्तीले क्वारेन्टिनमा बस्न आग्रह गरेकी थिइन् । क्वारेन्टिनमा बस्न आग्रह गर्दा अपमान गरेको भन्दै ५ साउन बिहान वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको उनकी आमा सोनावतीले बनाइन् । ‘शरीरमा मट्टीतेल छर्केपछि ज्यान जोगाउन भागेकी थिइन् । लखेट्दै सलाई कोरेर आगो लगाएछन्,’ सोनावतीले भनिन् ।
आगोले उनको घाँटीमुनि र कम्मरमाथिको भाग जलेको छ । आगो लगाएको दिन उनलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि ६ साउनमा विराटनगर लगिएको थियो । तर, विराटनगरस्थित नोबेल अस्पतालले भर्ना नगरेको सोनावतीले बनाइन् । त्यसपछि घरमा राखिएको थियो ।
उनको अवस्था गम्भीर बनेपछि ८ साउनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । ‘निको हुँदै थियो । अस्पतालले कोरोनाको जोखिम रहेको भन्दै घर पठायो,’ उनले भनिन् ।
२५ साउनमा अस्पतालले डिस्चार्ज गरेपछि उनलाई घरमै राखिएको थियो । उनको अवस्था झन्झन् बिग्रिन थालेपछि फेरि १० भदौमा लहानस्थित राजकुमार–उपमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । ‘घरमा राख्दा नाजुक भएपछि फेरि अस्पताल ल्याएका हौँ,’ उनकी आमा सोनावतीले भनिन् ।
लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले सक्दो उपचार गरिएको बताए । ‘अहिलेसम्म अस्पतालकै आन्तरिक स्रोतले उपचार गरेका छौँ । सक्दो कोशिस ग¥यौं, तर सुधार आउन नसकेपछि काठमाडौं रिफर गरेका छौं,’ डा. कुसवाहले भने । वसन्तीको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेकाले सुविधायुक्त अस्पतालमा पठाएको उनले बताए ।
आर्थिक अभावले उनको उपचार गर्न समस्या परेको सोनावतीले बताइन् । सुरुंगा नगरपालिकाले एम्बुलेन्स र सामाजिक संघसंस्थाले ६५ हजार रुपैयाँ संकलन गरेर काठमाडौं पठाएका हुन् । अहिले सहयोग गरेर पठाए पनि काठमाडौं उपचार गर्न आफूसँग पैसा नभएको उनकी आमाले दुःखेसो गरिन् ।
वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको अभियोगमा दीपेनलाई पुर्पक्षका जेल चलान गरिएको छ । जिल्ला अदालतको आदेशमा बिहीबार जेल चलान गरिएको कडरबोना इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामराजा केशरीले बताए ।
वसन्तीका बुबाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको इन्स्पेक्टर केशरीले बताए । आफन्तजन र स्थानीय बासिन्दाले वसन्ती आफैले आगो लगाएको भन्दै दबाब दिए पनि प्रहरी अनुसन्धानमा दीपेनले नै आगो लगाएको खुलेको र उनले पनि स्विकारेको इन्स्पेक्टर केशरीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...

प्रतिकृया लेख्नुहोस्:
- भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु
- सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
- बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन