


सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


-
-
भदौ १३ गते, २०७७ - २१:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
सो क्रममा सभामुख सापकोटाले जोखिममा परेका बस्तीको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत ढाँचा बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित रकम निकासालगायत विषय उल्लेख गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित काम यथाशीघ्र अघि बढाइने बताएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । गत साउन ३० गतेको लिदी पहिराबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सौर्यबत्ती, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामग्री हस्तान्तरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायत स्थानमा बाढी र पहिरामा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- दुईतिर फर्किएका ओली-प्रचण्डलाई एकैतिर फर्काइदिने तागत म सँग छ : बामदेव गौतम
- सर्वाेच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता
- यस्तो छ वामदेव गौतमको ‘नेकपा एकता राष्ट्रिय अभियान’को अवधारणापत्र (पूर्णपाठ)
- सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी
- तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइसकिन्छ : प्रधानमन्त्री ओली
- थप खोप ल्याउने पहल भइरहेको छ : प्रधानमन्त्री ओली
- आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु, प्रधानमन्त्रीले भर्चुअल विधिबाट शुभारम्भ गर्ने
- दक्षिण कोरियामा मानिसबाहेक जनावर बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
- घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
- बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
- शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह
- कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
- निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने
- प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट