Khabar Dabali Logo
  September 21, Mon

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी

ढाका । बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या तीन लाख आठ हजार ९२५ पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण चार हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ६८९ नमूनाको कोरोना परीक्षण भएको बताइएको छ ।

त्यस्तै शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितको १.३६ प्रतिशत मृत्यु भएको छ भने ६४.३४ प्रतिशत व्यक्ति निको भएका छन् । बङ्गलादेशमा गत जुलाईमा २ मा एकै दिनमा सबैभन्दा धेरै चार हजार १९ सङ्क्रमित भएका थिए भने जुन ३० मा २४ घण्टाको अन्तरालमा सबैभन्दा धेरै ६४ व्यक्तिको मृत्यु भएको थियो ।

भदौ १३ गते, २०७७ - २१:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुवाकोटका पाँच क्रसर उद्योग बन्द

नुवाकोट । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको...   

आलमको मुद्दामा फाइल मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका...   

प्याजको मूल्य बढाएर बिक्री गर्ने पाँच पसल कारवाहीमा

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा...   

कल्याणकारी कोषको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने...   

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

माल्दिभ्स । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड...   

बेलायतमा कोरोनाको नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने...   
सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर...   

प्रहरी वृत्त थिमिका ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...   

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौं । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी...   

११ करोडमा टोखा नगरपालिकाको भवन निर्माण हुँदै

काठमाडौं । टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top