Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए । उनले भने, “एक सातासम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिँदै गएको छ । हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौँ ।”

परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरे । सो मेडिकल कलेजले हालै मात्र रु पाँच करोडभन्दा बढी खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा एक हजार २०० देखि एक हजार ५०० सम्म नमूना परीक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५०० सम्म परीक्षण गर्दै आएको छ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमूना परीक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिए । उनले भने, “जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौँ । पालोमा रहेका नमूना परीक्षणका लागि अनुरोध पत्रसहित आए निःशुल्क परीक्षणका लागि हामी तयार छौँ ।”

अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणको चाप बढेपछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप बढेपछि केही नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाइएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित माथिल्लो निकायमा छलफल भइरहेको बताइन्। जिल्लामा सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञाको तेस्रो साता शुरु भएको छ । हालसम्म जिल्लामा ५२४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराइरहेका नौ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने एक जनाको घरमा नै मृत्यु भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies