Khabar Dabali Logo
  September 19, Sat

निर्णय भएको दुई महिनापछि पिसीआर मेशिन किन्न बजेट छुट्याइयो

बागलुङ । धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १२ गते धवलागिरि अस्पतालसहित १० अस्पतालमा पिसीआर मेशिन राख्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले पिसीआर मेशिन खरिदका लागि रु एक करोड बजेट विनियोजन गरेको व्यहोराको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्राप्त भएको अस्पतालले जनाएको छ ।

निर्णय भएको महिनौँ बित्दासमेत मेशिन नआएपछि सर्वसाधारणमा गुनासो बढेको थियो । यस क्षेत्रमा पिसीआर मेशिन नहुँदा कोरोना जाँचका लागि प्रदेश राजधानी पोखरामा निर्भर रहनुपर्ने बाध्यता छ । प्रदेशभरिबाट सङ्कलन हुने स्वाबको चापका कारण रिपोर्ट ढिला आउने गरेको छ । यहीँ पिसीआर जाँच सेवा शुरु भएमा धवलागिरि क्षेत्रका चारै जिल्लाले लाभ लिनेछन् ।

ढिलै भए पनि बजेटबारे निर्णय भएकाले अब मेशिन खरिदका लागि कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । मेशिन खरिद, जडान, जनशक्ति व्यवस्थापन र सञ्चालनमा धेरै खर्च हुने भएकाले उक्त बजेट अपुग हुने देखिएको उनको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र विक पोखरेलले बजेटको अख्तियारी प्राप्त हुनासाथ मेशिन खरिदको प्रक्रिया अगाडि बढाइने बताए।

मेशिन राख्ने निर्णय कार्यान्वयनमा देखिएको अन्योलता बजेट विनियोजन भएसँगै हटेको उनको भनाइ छ । यसअघि पिसीआर मेशिन सरकार आफैँले खरिद खरेर अस्पताललाई दिने हो या अस्पताल आफँैले किन्ने भन्ने विषय स्पष्ट भएको थिएन । “मेशिन कहाँ राख्ने, कसरी जनशक्ति व्यवस्थापन गर्ने भन्ने विषयमा हामी कार्ययोजना बनाउँदैछौँ”, मेसु पोखरेलले भने ।

उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगसमेत सहकार्य गरेर काम गरिने उल्लेख गरे । “पिसीआर जाँचका लागि हामीलाई जनशक्तिको खाँचो छ, माइक्रोबायोलोजिस्टको समेत आवश्यकता पर्छ”, उनले भने । अस्पतालका सिनियर ल्याब टेक्नोलोजिस्ट पनि अहिले पिसीआर जाँचका लागि पोखरामा खटिनुभएको छ ।

“खर्चको अख्तियारी आउनासाथ मेशिन खरिद प्रक्रिया थाल्छौँ, यथाशक्य छिटो पिसीआर जाँच सेवा शुरु गर्छौँ”, मेसु पोखरेलले भने। गण्डकी प्रदेशमै पहिलोपटक गत चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धवलागिरि अस्पतालमै पिसीआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो ।

त्यसताका स्वाबको नमूना पठाएको हप्तौँसम्म पनि रिपोर्ट नआउने स्थिति थियो । पछिल्लोपटक प्रदेशमा रहेका प्रयोगशालाको क्षमता केही बढाइए पनि त्यो पर्याप्त छैन । स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये २६१ जना निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

भदौ १३ गते, २०७७ - १७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान घोषणा भए पछि मलाई खुसी र गर्व छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो, यी हुन् सबैभन्दा बढि संक्रमित हुने देश

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित...   

काँग्रेस महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट...   

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर ९वेभ० आउन सक्ने...   

अर्को वर्षको अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना...   

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध...   
कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा...   

गण्डकी प्रदेशमा १५ जना सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या...   

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका...   

चर्चित फुडबल खेलाडी मेस्सीले अब आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने

एजेन्सी । चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top