Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कैलालीमा निषेधाज्ञा भदौ १९ गतेसम्म थप

कैलाली । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण परिपालना गरी गराइ कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोभिड–१९ का कूल सङ्क्रमित पाँच हजार ५९१ जना पुगेकामा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६७७ जना पुगेका छन् । यस्तै डोटीमा ९११, अछाममा ८७३, कञ्चनपुरमा ६७३, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३४८, बझाङमा २९७ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई/दुई तथा अछामका एक गरी ११ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यसैबीच धनगढी उपमहानगरपालिका क्षेत्रमा आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies