


कोरोना अपडेटः विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो, ८ लाख ५१ हजारको मृत्यु


-
-
भदौ १३ गते, २०७७ - १४:५५

जेनेभा । विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।
सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । श्निबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ ।
रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।
चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...
